काठमाडौं । काठमाडौंको चन्द्रागिरि डाँडामा हिउँ परेको छ। बिहीबार साँझपख चन्द्रागिरिमा हिउँ परेको हो। बिहीबार बिहानैदेखि मौसम आंशिकदेखि सामान्य बदली रहेकोमा दिउँसो उपत्यकाका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षा भएको थियो। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली रहेको र शनिबारदेखि मौसममा सुधार देखिने पूर्वानुमान छ।

गाउँको रहर उड्‌यो सहर पुग्यो सहरबाट उडेको बाध्यता कहाँ पुग्यो? गाउँमा माटोसँग खेल्न मन लागेन भनेर निकै मिठा सपनाको पोको पारेर झिलिमिली सहरमा पसेका रामे हर प्रहर सहरबाट उडेका स्वदेशका आसाका त्यान्द्रा चुडेका हो तिनै विमानबाट उडेका थिए कहाँ पुगे? कुन्नी कहाँको गोरे घुम्न नेपाल आउँछ नेपालबाट घुम्न भनेर गएको हर्के कहाँ पुग्यो? सेताम्मे गगनचुम्बीको […]

मलाइ हार्न पनि समय लाग्यो यो मन बरु केहिबेर अगि नै हार मान्दिएको भए देश छोडिसक्थे बरु ,, यदि गाउमा बुढा बा-आमा नभएको भए के थाहा सन्सारै पो छोडिदिन्थे कि ,, जब प्रतिस्पर्धासङ्गै बढदै गए मेरो जिम्मेवारी र उमेर.. निल्नु न ओकोल्नु जस्तै भाछ यो जिन्दगी ! मलाइ त हार्न पनि समय लाग्यो साथिले पढाइसङ्ग […]