काठमाडौं । वर्षा र सहकालका देवता मानिने सेतो मत्स्येन्द्रनाथ अर्थात् जनबहा:द्य:को रथयात्रा आजदेखि सुरु हुँदैछ । पाहाँ च:ह्रे जात्राको समापनलगत्तै जनबहा:द्य: अर्थात् लोकेश्वर करुणामय सेतो मत्स्येन्द्रनाथको रथयात्रा आरम्भ हुन्छ । जनबहालबाट सेतो मत्स्येन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पुर्‍याइन्छ । रथयात्रा समितिका अनुसार मछिन्द्रबहालमा सेतो मत्स्येन्द्रनाथ देवतालाई नुहाइएको परम्परागत किंवदन्ती […]

टोकियो, २ वैशाख (सिन्ह्वा) । जापानमा जनावरमाथिको दुर्व्यवहारको सङ्ख्या गत वर्षको तुलनामा वृद्धि भएको छ । प्रहरीका अनुसार गत बर्ष जनावरमाथि भएका दुर्व्यवहारबारे दर्ता भएका मुद्दा अघिल्लो बर्षको १५ बाट बढेर १८१ पुगेको छ । ‘पशु कल्याण र व्यवस्थापन ऐन’ उल्लङ्घन गरेको आरोपमा सन् २०२३ मा त्यहाँ १८१ मुद्दा दर्ता भएका थिए । उक्त ऐनले […]

जनकपूर । मिथिलाञ्चलमा आज हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदैछ । वैशाख २ गते मनाइने यस पर्वमा मिथिलावासी एकअर्कालाई हिलोपानी लगाउने गर्दछन् । यसअघि परिवारका श्रेष्ठजनबाट बिहान हुनेबित्तिकै टाउकोमा पानी थापेर आशिर्वाद लिने परम्परा छ । होली पर्वमा रङ/अबिर दलेर खेले जस्तै यस पर्वमा एकअर्कालाई हिलोपानी दलिन्छ । जुडशीतल पर्वमा अघिल्लो वर्षको बासी खाना खाने परम्परा समेत […]

एजेन्सी । धेरै पटक घरमा वास्तु दोष भएमा त्यसको प्रभाव व्यक्तिको जीवन र पारिवारिक सम्बन्धमा देखिन सक्छ । यस्तो अवस्थामा यदि तपाइँ र तपाइँको पार्टनरबीच बारम्बार झगडा हुन्छ भने, तपाइँ यी वास्तु टिप्सहरू प्रयोग गर्न सक्नुहुन्छ । यी कुराहरू अपनाएर तपाईंले आफ्नो जीवनमा राम्रो परिणाम देख्न सक्नुहुन्छ । बेडरूम वास्तु टिप्स वास्तुशास्त्रमा पति पत्नीको कोठा […]

म्याग्दी। दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ । भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने चार सय ३५ किमी लामो कालीगण्डकी करिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो । गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र […]

भक्तपुर : परम्परागतरूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा सुरु भएसँगै आज यहाँ सञ्चालन हुने थरीथरीका जात्रा हेर्न हजारौँको भीड लागेको छ । भेलुखेलस्थि ल्यासिध्रेलमा शुक्रबार साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायत विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ । पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको, इन्द्रध्वजासहितको लिङ्गोजात्रा हेरे मनोकाङ्क्ष पूरा हुने , शत्रुनाश […]

२८ चैत, काठमाडौं । डोल्पा मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा सोमबार गम्भीर घाइते एक सैनिकको मृत्यु भयो । डढेलो निभाउँदा घाइते सिपाही हेमन्त रावलको मृत्यु भएको हो । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार सिपाही रावललाई थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको थियो । तर, अस्पताल लैजानु अघि नै उनको […]

काठमाडौं । सोलेनेसी कुलको तरकारी हो भेडे खुर्सानी । प्राकृतिक रूपमा यो मध्य तथा दक्षिण अमेरिकामा पाइन्छ । ब्राजिललाई यसको उत्पत्ति स्थल मानिन्छ । यो बोलिभिया, इक्वेडोर र पेरुको मूल फल हो । भेडे खुर्सानीका धेरै जातहरु भएपनि नेपालमा प्रचलित जात क्यालिफोर्निया वण्डर हो । यसको खेती विभिन्न भौगोलिक क्षेत्रमा प्लाष्टिक गुमोजरघर भित्र वा खुला […]

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूले आज ईद (ईद–उल–फित्र) पर्व मनाउँदै छन् । रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा भएपछि पछि उनीहरुले आज इद बनाउन लागेका हुन् । रोजा ब्रत सकिएपछि ‘ईद–उल–फित्र’ मनाउने चलन छ । मुस्लिम समुदायले ‘ईद–उल–फित्र’को नमाज मस्जिदमा गएर गर्ने चलन छ । केहीले ‘ईदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढ्ने […]

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा स्याङ्जाको पुतलीबजारमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । काठमाडौं मेडिकल कलेज (केएमसी)का विशेषज्ञ चिकित्सकको टोलीसहित स्वास्थ्य भ्रमणमा रहेका सांसद शर्माले पुतलीबजार नगरपालिकाको त्रिभुवन आदर्श माध्यमिक विद्यालयको प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । शिविरमा १ हजार ६५० जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका प्रबन्धक […]