काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो । ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्दछ । शुक्रराज ट्रपिकल तथा […]

 नयाँ विवाहमा एकजना रिसाउँछन् र अर्कोले स्वीकार गर्छन् र उनीहरूको प्रेम बढ्छ । श्रीमान्–श्रीमती दुवै पारिवारिक जीवनका दुई पांग्रा जस्तै हुन्, एउटालाई रिस उठ्यो भने अर्कोलाई दाम्पत्य जीवनको गाडी चलाउन गाह्रो हुन्छ । यस्तो अवस्थामा यदि तपाईको श्रीमती तपाईसँग रिसाउँछिन् भने, यी टिप्सले तपाईलाई मनाउन मद्दत गर्न सक्छ । एकान्तमा कुरा गर्ने प्रयास गर्नुहोस् आफ्नी […]

तनहुँ । तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ । फागुनदेखि वैशाख महिनाको हालसम्म विभिन्न सामुदायिक वनमा डढेलो लागेको हो । डढेलोका कारण साढे दुई महिनाको अवधिमा एक सय सत्र दशमलव तीन हेक्टर क्षेत्रफलमा आगलागी भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । जिल्लाका १० पालिकामध्ये सात पालिकामा आगलागी हुनबाट जोगिएको छ । आँबुखैरेनी, […]

जनकपुर । धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय पत्रकार विनयकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आज बिहान आफैँले चलाएको प्रदेश ०२–००६ प ३०३५ नं को मोटरसाइकल ढल्केवर–जनकपुर सडकखण्डमा अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएर पत्रकार […]

क्वाललम्पुर । मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छन् । मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए। दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा हेलिकप्टरमा सवार सबै १० जनाको मृत्यु भएको बीबीसीले जानकारी दिएको छ । स्थानीय मिडियामा देखिएका […]

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको दुई दिने राजकीय भ्रमणका लागि आज यहाँ आउँदै हुनुहुन्छ । उहाँको भ्रमणका सन्दर्भमा सुरक्षाका लागि नेपाली सेनाका बलाधिकृतरथीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र […]

भद्रपुर । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेका छ । भारततर्फबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका वडा नंं ६ स्थित मेचीपुलमा जाँचका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले राससलाई जानकारी दिनुभयो ।  धादिङ जिल्ला खन्याबास गाउँपालिका–५ बस्ने तामाङको साथबाट ४३.१५ ग्राम ब्राउनसुगर फेला परेको जिल्ला […]

अर्घाखाँची । भूमिकास्थान नगरपालिका–३ रातामाटाकी वसन्ता मल्ल आइतबार दिउँसो खरानी सोहोर्दै हुनुहुन्थ्यो । आगलागीबा टघरसहित अन्नपात, लत्ताकपडा खरानी बनाएपछि गहभरी आँशु झार्दै उहाँले भन्नुभयो, “भएको बास खरानी भयो गास र बासको पनि टुङ्गो छैन । कहाँ बस्ने कहाँ खाने ।” शनिबार दिउँसो वनमा लागेको आगो बस्तीमा सल्किँदा उहाँको घर जलेर खरानी भएको थियो । त्यही […]

एजेन्सी । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा रहेको बताउनुभएको छ । शुक्रबार आयोजित एउटा पारिवारिक हिंसाको कार्यक्रममा उहाँले अस्ट्रेलियाका पुरुषहरूलाई अगाडि बढ्न र महिलाविरुद्ध हिंसा रोक्न आह्वान गर्नुभयो । “हामीसँग अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ, यो हाम्रो समाजका लागि एउटा विपत्ति हो र यसको अन्त्य हुनुपर्छ”, उहाँले भन्नुभयो, “स्थायी परिवर्तन ल्याउन महिलाले […]

गोरखा । गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित वीरेन्द्र तालमा हिमपहिरो गएको छ । वीरेन्द्र तालमा खसेको हिमपहिरो कारण सामागाउँबाट साम्दो जाने पैदलमार्गको काठेपुल बगाएको छ । लामो समयसम्म जमेर बसेको हिउँ तालमा खसेपछि बहाब बढेको हो । तालबाट निस्किएको पानीले एउटा पुल पनि बगाएको छ । यसअघि पनि कहिले काहिँ यहाँ स–सानो पहिरो जाने गरेको थियो […]