बागलुङको बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला। तस्बिर: खेमराज गौतम/रासस

भजनी । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ वर्षदेखि चैते धान खेती गर्दै आउनुभएको छ । बाढी र डुबान क्षेत्रमा राम्रो उत्पादन हुने भएपछि पतीरामले दुई बिघा क्षेत्रफलमा यस वर्ष पनि चैते धानको रोपाइँ गर्नुभयो । राम्रो उत्पादन दिने र  वर्षात् कम भयो भने दुईपटकसम्म उत्पादन दिने भएकाले बर्खे धान रोप्न छोडेर चैते धान […]

गुल्मी। गुल्मी सदरमुकाम तम्घास बजारको फोहोर फाल्ने (डम्पिङ साइट) ठाउँबाट निस्केको धुवाँले तम्घास बासीलाई समस्या पुर्‍याउँदै आएको छ । तम्घासको फोहोरलाई अहिले रेसुङ्गा नगरपालिकाको वडा नम्बर–२ र वडा नम्बर–७ को साँधीमा ओखरेनीमा फालिँदै आएको छ । तम्घास बजारको फोहोरलाई ०६१ सालबाट ओखरेनीमा फालिँदै आएको हो । त्यसयता तम्घास बासीले प्रदूषित धुवाँले सास्ती पुर्‍याउँदै आएको छ । व्यवस्थित रुपमा फोहोर […]

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङ जिल्ला प्रवेशद्वार मालढुङ्गाबाट पूर्वीरुकुम र रोल्पाको सिमाना पातीहाल्नेसम्म जोडेको छ । उक्त लोगमार्ग बागलुङ, गलकोट र ढोरपाटन नगरपालिका तथा काठेखोला, बडिगाड र निसीखालोला गाउँपालिकाको मध्यभागबाटै चिरेर गएको छ । लोकमार्गसँग जोडिएपछि पछिल्लो आधा दशकयता धेरै ठाउँमा बस्ती विस्तार हुँदै गएका छन् । बागलुङमा करिब एक सय ४२ […]

गलेश्वर । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमार्न थालेका छन् । बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत रुपमा गर्दै आएको स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित उत्पादन नभएपछि सागसब्जी र फलफूलखेती प्रारम्भ गर्नुभएको छ । त्यसैगरी सोही वडाका खिमबहादुर कार्की र […]

दाङ । बबई नदीबाट करिब १० मिटर पूर्वमा छ पुरन्धरा झरना । बबई गाउँपालिका–५ मा पर्ने यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । ४५ फिट उचाइबाट झर्ने झरनाको पानी बबई नदीमै मिसिन्छ । झरनाको मनमोहक दृश्यले गर्दा आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकास हुन थालेको हो । पहिले यस झरनाबारे कुनै चासो […]

फिक्कल । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो । किसानले व्यावसायिकरुपमा अदुवाखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । परम्परागत शैलीको अदुवाखेतीबाट आधुनिकीकरण हुन थालेपछि उत्पादन र आम्दानीमा वृद्धि भएको किसानको भनाइ छ । इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका रत्न लिम्बूले […]

म्याग्दी । मङ्गला गाउँपालिका-१ मा सञ्चालित टोड्के पूर्णगाउँ सामुदायिक घरबास  (होमस्टे) पाहुनाको पर्खाइमा छ । टोड्के भ्रमणमा आउने पर्यटक र पाहुनालाई लक्षित गरेर सञ्चालन गरिएको घरबास कोरोना महामारीपछि लयमा फर्कन सकेको छैन । टोड्के पूर्णगाउँ सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले पछिल्लो समय पाहुना नआउँदा घरबास सुनसान रहेको बताउनुभयो । “सुरु गरेको डेढ वर्षमा […]

  काठमाडौँ । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न… काठमाडौँ । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका […]

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यात्रीको चापलाई मध्यनजर गरेर आवश्यक परे रेलको संख्या बढाउने बताएका छन् । शनिबार जनकपुर–जयनगर रेल्वेको अनुगमन एवं निरीक्षणका क्रममा उनले यस्तो बताएका हुन् । यात्रीको चाप बढी भएको कुरा आइरहेको उनले उल्लेख गरे । यात्रीलाई मध्यनजर गरी रेल आवतजावत गर्ने समय थप्न सकिने उनले सुनाए […]