ताइवानमा भूकम्पबाट केही भवनहरु भत्किएका छन् । तर मानिसहरु कति हताहती भए भन्ने विवरण आउन बाँकी छ । सामाजिक सन्जालहरुमा सेयर गरिएका फोटो र भिडियोहरुमा बहुतले बिल्डिङहरु भत्किएको र पहाडी इलाकामा पहिरो गएको देखिन्छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले पनि तिनै फोटो र भिडियोहरुलाई प्रयोग गरी प्राथमिकताका साथ सामाचार प्रकाशित गरेका छन् । बुधबार बिहान ताइवानको […]

दमौली (तनहुँ) । व्यास नगरपालिका–११ तनहुँसुर चिसापानीका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोग र दुरा सेवा समाजको आयोजनामा यहाँका दुरालाई मातृभाषा तालिम प्रदान गरिएको हो । लमजुङको दुराडाँडा सेरोफेरो र कुन्छाबाट बसाइँ सरी आएकामध्ये १५ जनालाई छनोट गरी मातृभाषा सिकाइएको छ । दुरा जातिले आफ्नो मातृभाषा नजानेकाले तालिम आयोजना […]

गलेश्वर । वसन्त ऋतुको सुरुवातसँगै हिमाली जिल्ला म्याग्दीको उच्च र मध्य लेकाली क्षेत्रका वनपाखा रङ्गीविरङ्गी लालीगुराँसले रङ्गिएपछि लालीगुराँसको छेकोबाट सेता हिमाल हेर्दै रमाउन पर्यटकहरु लेकाली क्षेत्रमा उक्लिएका छन् । विगतका वर्षमा भन्दा यसवर्ष पाखैभरी ढकमक्क गुराँस फुलेपछि गुराँससँग रमाउन आन्तरिक तथा बाह्य पर्यटक र स्कुल तथा कलेजका विद्यार्थी घोडेपानी, पुनहिल, टोड्के, बेलढुङ्गा जस्ता लालीगुराँसका जङ्गलमा […]

गण्डकी । पर्यटकीय राजधानी पोखरा भित्रने विदेशी पर्यटकको सङ्ख्या यकिन हुन सकेको छैन । नेपाल घुम्न आउने पर्यटकमध्ये आधा पर्यटक पोखरा भित्रने आङ्कलन गरिए पनि वास्तविक तथ्याङ्क कुनै निकायसँग पनि छैन । पर्यटकको विवरण राख्ने संरचना र प्रणाली नहुँदा पोखरा आउने पर्यटकको सङ्ख्या यकिन हुन नसकेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । “बर्सेनि […]

यो धर्तीमा जन्मेपछि एकपटक मर्नुपर्छ । यो धु्रव सत्य हो । तर मरेर पनि देश भक्तिखातिर राष्ट्रिय स्वाभिमानको लागि मरिमेट्ने वीर पुरुषहरु मरेर पनि नेपाली इतिहासमा बाँचिरहेका हुन्छन् । यस्तै महान् व्यक्तित्वहरु मध्येका एक थिए– मरिचमान सिंह श्रेष्ठ । मध्य पहाडी जिल्ला सल्यानको एउटा गरिब परिवारमा जन्मेका उनको बाल्यकालमा पनि छरछिमेकीहरुबाट निकै अपमान सहनुपरेको उनका […]

काठमाडौं । टौदह काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो । काठमाडौंको केन्द्रबाट सात किलोमिटरको दूरीमा दक्षिणकाली जाने बाटोमा रहेको टौदह कीर्तिपुर नगरपालिका वडा नं. १५ मा पर्दछ । नेवारी त: दहको अर्थ ठूलो पोखरी हो । यसको लम्बाइ ५ सय मिटर र चौडाइ ४ सय मिटर छ । यसको गहिराइ सुक्खा याममा ६ मिटर […]

खजुरा (बाँके) । बाँकेका स्थानीय तहले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण’ कार्यक्रम अन्तर्गत तरकारी पकेट क्षेत्र सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट तरकारी खेती गरी किसान आत्मनिर्भर बन्न थालेका छन् । किसानहरू कृषि समूह बनाएर तरकारी पकेट क्षेत्रमा आबद्ध भएका छन् । उनीहरूले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित मूल्यसहितको बजार भने नपाएको र ढुवानीको समस्या भएको […]

यो संसारमा सबैभन्दा सुन्दर चरा कुन हो ? यो प्रश्न तपाईंको मनमा अवश्य उठेको होला र यो प्रश्नको उत्तर दिन नसक्ने कोही नहोला किनकी यो संसारमा सबै चराहरु सुन्दर छन् । यद्यपि केही प्रजातिहरूमा निश्चितरूपमा असाधारण विशेषताहरू छन् जसले तिनीहरूलाई अन्य चराहरूबाट अलग राख्छ। आज हामी संसारका ती चुनिएका चराचुरुङ्गीहरूलाई चिन्नेछौँ जसको सुन्दरता अद्भूत र […]

गण्डकी । दुई इटालियन पर्यटकसहित दिवस गुरुङ यतिबेला अन्नपूर्ण आधार शिविरको पदयात्रामा हुनुहुन्छ । वसन्त ऋतुमा ढकमक्क फूलेको लालीगुराँस र हिमाल देखाउँदै पर्यटक घुमाउने उहाँको योजनामा मौसम भने बाधक बनिरहेको छ । एक सातादेखि आकाश धुम्म छ । झरी परिरहेको छ । पदयात्राको याममा पर्यटकलाई मौसमले चुनौती दिएको दिवसको भनाइ छ । “मौसम प्रतिकूल हुँदा […]

एजेन्सी । आचार्य चाणक्यले जीवनमा सफलता प्राप्त गर्न धेरै कुरामा जोड दिएका छन् । उनले जनावरका केही गुण अपनाएमा मानिस सजिलै सफलताको शिखरमा पुग्न सक्ने कुरामा जोड दिन्छन् । आचार्य चाणक्य भन्छन् भगवानले हरेक प्राणीमा यस्ता धेरै गुणहरू दिएका छन्, जसबाट मानिसले अवश्य केही सिक्न सक्छ । गधामा पनि यस्ता धेरै गुण छन् जसबाट मानिसले […]