तेल अभिभ । हमासको ट्याङ्क प्रतिरोधी मिसाइल अभियानका प्रमुख नेतामध्ये एक व्यक्ति अहमद् यासेर अलकारासहित पाँच व्यक्ति खान युनूसमा आईडीएफको हवाई आक्रमणमा मारिएका छन् । उहाँले गाजा युद्धमा इजरायली रक्षा बल (आईडीएफ) विरुद्ध आक्रमण र आतङ्कवादी षड्यन्त्रको नेतृत्व गर्नुभएको थियो । इजरायलको आतङ्कवाद विरोधी सामान्य सुरक्षा सेवा शिन बेटको गुप्तचर सहयोगमा गरिएको कारबाहीमा अलकारा र […]

काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रइसी यात्रारत हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । इरानी सरकारी टेलिभिजनले राष्ट्रपति चढेको हेलिकोप्टर दुर्घटना भएको स्थान पत्ता लगाएको जनाएको हो । टेलिभिजनले हेलिकोप्टरमा ‘जीवनको कुनै सङ्केत नरहेको’ जनाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको समाचारमा पनि इरानी अधिकारीलाई उद्धृत गर्दै हेलिकोप्टर “पूर्ण रूपमा जलेको“ जनाइएको छ । त्यसमा […]

एजेन्सी । आईपीएल २०२४ को ६८ औं खेलमा चेन्नई सुपर किंग्सका कप्तान रुतुराज गायकवाडलाई पहिलो बलमा नै आउट गरेर ग्लेन म्याक्सवेलले शनिबार ठूलो उपलब्धि हासिल गरेका छन् । इनिङ्सको पहिलो बलमा म्याक्सवेलले गायकवाडलाई यश दयालको हातमा सर्ट फाइन लेगमा क्याच आउट गराए । ग्लेन म्याक्सवेल आरसीबीका दोस्रो स्पिनर बने, जसले विपक्षी टोलीका ब्याट्सम्यानलाई पहिलो बलमै […]

काठमाडौँ । आईपीएल अन्तर्गत राजस्थान रोयल्सले आज आफ् १३ औं खेल प्लेअफको दौडबाट बाहिर रहेको पञ्जाब किंग्ससँग खेल्दैछ । दुई टोलीबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ । दिल्ली क्यापिटल्सको जितसँगै सञ्जु सामसनको टोली प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । तीन टोली यसअघि नै प्लेअफको दौडबाट बाहिरिइसकेका छन् । जसमा मुम्बई इन्डियन्स, पञ्जाब किंग्स […]

एजेन्सी । पञ्चायत ‘अमेजन प्राइम’को यस्तो वेब सिरिज हो कि जतिसुकै सिजन रिलिज भए पनि दर्शक सन्तुष्ट हुने छैनन् । दुई सफल सिजनपछि मार्च महिनामा अमेजन प्राइमले ‘पञ्चायत–३’ घोषणा गरेर फ्यानहरुको बेचैनी बढाएको थियो । वेब सिरिज पञ्चायत ३ को ट्रेलर कहिले रिलिज हुन्छ र सचिवको जीवनले कस्तो मोड लिन्छ भनेर सबैलाई पर्खिरहेको थियो । […]

काठमाडौँ । फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल दशरथ रंगशालामा नहुने भएको छ । समूह बी मा रहेको नेपालले आगामी जेठ २४ गते घरेलु मैदान (दशरथ रंगशाला)मा युएईसँग खेल्ने तालिका छ । तर, एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालाको मैदानमाथि प्रश्न उठाएपछि घरेलु मैदानमा खेल नहुने […]

एजेन्सी । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या बढेर ३४ हजार ९७१ पुगेको छ । ७८ हजार ६४१ घाइते भएका छन् । हालको द्वन्द्व अक्टोबर ७, २०२३ मा शुरु भएको थियो । गत २४ घण्टाको अवधिमा इजरायली सेनाले तटीय एन्क्लेभमा २८ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य ६९ जनालाई घाइते बनाएको छ । […]

एजेन्सी । अफगानिस्तानको बागलान, तखार, बदख्शान र घोर प्रान्तका प्रमुख भागहरूमा वर्षा र अचानक आएको बाढीका कारण ३३० भन्दा बढीको मृत्यु भएको विश्व खाद्य कार्यक्रमको अफगानिस्तान कार्यालय र स्थानीय अफगान अधिकारीहरूले जनाएका छन् । संयुक्त राष्ट्र संघको एजेन्सीलेसामाजिक सञ्जालमा उत्तरी बाघलान प्रान्तमा मात्रै ३ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको र १ हजार भन्दा बढी […]

लस एन्जलस । अमेरिकी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले पृथ्वीमा मौसम अवलोकन र वातावरणीय अनुगमन क्षमताहरू सुधार गर्नका साथै अग्रिम अन्तरिक्ष मौसम अवलोकनमा सहयोग गर्न नयाँ मिसन सुरु गर्ने तयारी गरिरहेको जनाएको छ । नासा र स्पेसएक्सले मिशन प्रक्षेपण गर्न जुन २५ लाई लक्षित गर्दै छन् । त्यसको कोडनाम ‘जियोस्टेशनरी अपरेशनल इन्भारोन्मेन्टल स्याटालाइट […]

एजेन्सी । सापेक्षताको सिद्धान्त मानव विकासको इतिहासमा ठूलो खोज थियो । सन् १९०५ मा अल्बर्ट आइन्स्टाइनले दिएको सापेक्षताको सिद्धान्तले वैज्ञानिकहरूको संसारमा हलचल मच्चाएको थियो । यस सिद्धान्तले हामीलाई समय र स्थान दुवै एकअर्कासँग जोडिएका छन् र गुरुत्वाकर्षणको प्रभावले समय र स्थानको फेव्रिक झुक्छ भनी बताएको छ । यस कारण समय सुस्त हुन्छ । यो खोजले […]