काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ललितपुरको गोदावरीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । गोदावरी नगरपालिका वडा नं ७ देवीचौर तथा ज्येष्ठ नागरिक चौतारी केन्द्रीय कार्यालयको आयोजना तथा केएमसकिो प्राविधि सहयोगमा बिहीबार देवी माध्यमिक विद्यालय देवीचौरमा स्वास्थ्य शिविर गरिएको हो । शिविरमा ६२१ […]

 काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) मा बाथरोगको विशेषज्ञ सेवा सञ्चालनमा आएको छ । अनुभवी डाक्टरहरुले बाथरोगको विशेषज्ञ सेवा सञ्चालन गरेको अस्पतालका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । बाथरोग विशेषज्ञ डा. प्रविन खत्रीको टोलीले बाथरोगको सेवा सञ्चालन गरेको हो । खत्रीले केयूबाट एमबीबीएस, टीयूबाट इन्टरनल मेडिसिनमा एमडी गरेका थिए । भारतको मेदान्त अस्पतालबाट र्यिुमाटोलोजी र क्लिनिकल […]

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज केएमसीले नेपालमै सबैभन्दा सस्तो र सुलभ मूल्यमा गुणस्तरीय मृर्गौला प्रत्यारोपण गर्ने प्रतिबद्धता गरेको छ । केएमसीमा प्रत्यारोपण गर्दा छ लाख ५५ हजार रुपैयाँमात्र खर्च हुने पनि अस्पतालले जनाएको छ । जसमा अस्पतालमा प्रवेश गरेदेखि लाग्ने औषधि एटीजी, शल्यक्रिया खर्च, अस्पतालमा लाग्ने खर्च र ल्याब खर्च सबै जोडिएको पनि अस्पतालका महाप्रबन्धक […]

निश्चित उमेरपछि शरीरमा हार्मोनल परिवर्तन भएर शारीरिक कार्यमा ह्रास आउने गर्छ । यसलाई मेनोपज भनिन्छ । महिलामा हुने रजोनिवृत्ति एक यस्तै प्रकिया हो । महिलामा हुने मेनोपजको धेरै चर्चा हुने भएपनि पुरुष पनि यस्तै समस्याबाट गुज्रिरहेका हुन्छन् । तर यसबारे त्यति चर्चा भएको पाइँदैन । महिलामा ४५ देखि ५० वर्षको उमेर पुगेपछि रजोनिवृत्ति (मेनोपज) सुरु […]

दम श्वासप्रश्वाससम्बन्धी रोग हो । श्वासप्रश्वासमा दीर्घकालीन समस्या आएमा दम हुने सम्भावना हुन्छ । श्वासप्रश्वासको समस्याबाट मुख्यतः दुई प्रकारको दम हुन्छ, सीओपीडी (दीर्घ दमरोग) र ब्रोन्कियल अस्थामा (दम–खोकी) । दमको समस्यामा  श्वासनली कडा वा साँघुरो हुन्छ र सुन्निन्छ ।  जसकारण सास फेर्न गाह्रो हुने र खोकी (विशेषगरी सुक्खा खोकी)को समस्या पनि हुन्छ । छातीमा कसिलोपन […]

२५ वैशाख, काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदै छ । रामेछापको मन्थली ३ मा खानेपानी आयोजना उदघाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि उनलाई बीच बाटोबाटै काठमाडौं ल्याउन लागिएको हो । रामेछापको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा प्रेसर लो र अक्सिजनको लेभल कम देखिएपछि उनलाई हेलिकप्टरबाट […]

काठमाडौँ । आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदुषित सहरको रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ७७ पुगेको छ । गत बिहीबार वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६८ पुगेको बुधबार वायु प्रदूषण बढेर वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय […]

गर्मी बढेसँगै लु लगायत विभिन्न स्वास्थ्य समस्याको जोखिम पनि बढ्ने गर्छ । त्यसैले चर्को गर्मीमा बाहिर ननिस्कनु राम्रो मानिन्छ । तर बाहिर काम हुनेहरूका लागि यो सम्भव हुँदैन । त्यसैले दिउँसो चर्को घाममा घरबाट बाहिर निस्कनु परेमा यी पाँच कुरा ख्याल गर्नुपर्छ । फिक्का रंगको खुकुलो सुतीको कपडा लगाउने गर्मीमा फिक्का रङको लुगा लगाउनाले पसिना आउनबाट रोक्छ […]

दमक । पूर्वी तराईमा गर्मी अधिक बढेपछि बालबालिकामा सङ्क्रामक रोग देखिन थालेको छ । पछिल्लो समय सङ्क्रामक रोगका कारण उपचार गर्न अस्पताल आउने बिरामी बालबालिकाको सङ्ख्या ह्वात्तै बढेको पाइएको छ । दमकमा रहेको विशिष्टीकृत किओच दमक बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा जयमणि श्रेष्ठका अनुसार गर्मीसँगै ग्यास्ट्रोइटेस्टाइनल समस्या, ज्वरो, झाडाबान्ता, जन्डिस निम्त्याउनेजस्ता सङ्क्रामक रोगको […]

 सिमकोट । मुगुको गमगढीमा बृहत नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो शिविरबाट दुई हजार एक सय जना स्थानीय नागरिकले स्वास्थ्य जाँच गराएर लाभान्वित भएका छन् । काठमाडौँ मेडिकल कलेज, सिनामङ्गलका विशेषज्ञ चिकित्सकहरुको टोलीले कर्णालीका विभिन्न जिल्लामा पुगेर नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा बुधबार गमगढीमा सो शिविरको आयोजना गरिएका हो । सो शिविरमा […]