काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि धरहरामा निर्माण भएको पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा दिने भएको छ । काठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेपछि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए । यसअघि काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा […]

नेपाल भन्सार एजेन्ट संघका अध्यक्ष गौतम भट्टले त्रिभुवन विमानस्थल भन्सार कार्यालयले एजेन्ट भन्दा बाहिरका अन्य ब्यक्तिको विस्वास गर्ने गरेको आरोप लगाएका छन् । त्रिभुन विमान स्थल भन्सार कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टले यस्तो आरोप लगाएका हुन् । उनले भन्सार कार्यालयमा हुने सबैखाले समस्याहरुको फेस भन्सार एजेन्टले गर्नुपर्ने भएपनि भन्सार कार्यालयले एजेन्टकै विस्वास नगरेको आरोप […]

  न्यूयोर्कको अदालतले अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ । क्यारोलले मानहानिको लागि क्षतिपूर्ति स्वरूप एक करोड डलरभन्दा बढी माग गरेका छन् । फैसलालगत्तै ट्रम्पद्वारा जारी विज्ञप्तिमा फैसलालाई ‘हास्यास्पद’ भन्दै अपिल गर्ने उनले बताए । […]

जापानले नयाँ वर्षको भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जानकारी′गराएको छ । जापानको राजधानी टोकियोमा नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ मा गएको भूकम्पमा परी कम्तीमा २३६ जनाको मृत्यु भएको र भौतिक क्षतिको लागत १७ अर्ब ६० करोड अमेरिकी डलर पुग्ने एक सरकारी अधिकारीले शुक्रबार बताएका छन् । इशिकावा प्रान्तमा केन्द्रविन्दू रहेको […]

आज ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस कार्यक्रम भव्यताका साथ मनाईएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाण्डौँ र नेपाल भन्सार एजेन्ट संघ काठमाण्डौँको आयोजनामा त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाण्डौँमा आयोजना गरि मनाईएको छ । सामान्यतया सरकारले आयात र निर्यातमा लगाउने करलाई भन्सार भनिन्छ, भन्सार भन्नाले एउटा देश र अर्को देशबिचको सीमामा भएको वस्तु र सामानको […]

काठमाडौं– त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट ४९९ ग्राम सुनसहित एकजना पक्राउ परेका छन्। शनिबार राती कतारको दोहाबाट हिमालय एयरलाइन्सको उडानबाट काठमाडौं आएका झापाका खगेन्द्र दर्जीलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा शरिरमा सुन लुकाएर ल्याएका दर्जीलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ। कतारमा रहेका एक व्यक्तिले उनलाई सुन बोकाएर नेपाल पठाएको […]