अवध साहु आफन्त भेट्न होस कि खेती हेर्न दिनहुँ जमुनी नदीमाथि ओहोरदोहोर गर्नुपर्छ। जमुनी नदी नेपालभारत सीमामै पर्छ।धनुषाको मुखियापट्टी मुसहरनियाँ बस्ने अवधका धेरै आफन्त र खेत नदी पारी छन्। जमुनीमाथि पुल छैन। यहाँ पुल नहुँदा आफूले पाएको दु:खबारे अवध भन्छन्- कति दु:ख हुन्छ भनेर म शब्दमा भन्न सक्दिनँ। ‘गएको असारमा बहिनीको घरबाट फर्किँदै थिएँ। बाढीले […]

काठमाडौं । देउराली बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंको बयानका आधारमा प्रभु बैंकका सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनोज न्यौपाने र अन्य कर्मचारी पक्राउ परेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीका अनुसार तत्कालीन सेन्चुरी कमर्सियल बैंकमा हुँदा धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आधारमा […]

काठमाडौं । तत्कालीन सेन्चुरी बैंकका सीईओ मनोज न्यौपानेसहित १० जना पक्राउ परेका छन् । सबै तत्कालीन बैंकका कर्मचारी भएको प्रहरी स्रोतले जनाएको छ । सेन्चुरी बैंकबाट ऋण प्रवाह गर्दा अनियमितताको आरोप उनीहरुमाथि लागेको छ । पक्राउ पर्नेमा तुलसीराम गौतम, सविन घिमिरे, सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, मनोज न्यौपाने, दिलीप बराल, दिपेश प्रधान, […]

दाङको लमही नगरपालिका–३ स्थित चुरे पहाडको फेदमा अवस्थित करिब सात बिगाह क्षेत्रफलमा फैलिएको जखेरा ताल । तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रभु बैंक आठविसकोटबाट एक करोड ३५ लाख हिनामिना भएको प्रारम्भिक निष्कर्ष – सात दिन देखि फरार रहेका बैंकको अप्रेशन ईन्चार्ज पदमा कार्यरत निरजबिक्रम शाह (निराजन) ले बचतकर्ताको करोडौ रुपियाँ हिनामिना गरेको पाईएको छ । शाहले नक्कली विवरण र खातावालाको जानकारी बिनै बैंकमा जम्मा गरेको रकम हिनामिना गरेको पाईएको बैँकको प्रारम्भिक निष्कर्स रहेको छ । बैंकको […]

रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको केन्द्र राडि बजारमा रहेको प्रभु बैंकका एक कर्मचारीले दर्जनौ ग्राहकको करोडौ रकम निकालेर भागेको बताईएको छ । बैंकको अप्रेशन ईन्चार्ज पदमा कार्यरत निराजन शाहले ग्राहकको पैसा लिएर भागेको गुनासो रहेको छ । बैंकबाट ग्राहकको रकम निकालेको रहस्य खुलेपछि अहिले आठविसकोट शाखामा छानबिनको लागि प्रभु बैंकको कर्णाली प्रदेशबाट एक टोली […]

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक श्रोत र साधनबाट राज्यका दायित्वहरु पूरा गर्न कठिन बन्दै गएको बताएका छन् । शुक्रवार नेपाल व्यवस्थापन संघको ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालले उदारताकासाथ श्रोत र साधनलजाई मध्यनजर नराखि धेरै प्रतिवद्धता गर्दा समस्या भइरहेको बताए । उनले ज्येष्ठ नागरिक भत्तादेखि विभिन्न अनुदानका […]

सल्लेरी (सोलुखुम्बु) । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा चालु आव २०८०/०८१ मा चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । ज्ञान केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुसार अघिल्लो आर्थिक वर्ष एक हजार छ […]

जथाभावी फोहर फ्याँक्नेहरुमाथि कारबाही सुरु गरेको वीरगञ्ज महानगरपालिकाले गएको छ महिनामा साढे २४ लाख रुपैयाँ जरिवाना उठाएको वीरगञ्ज महानगरपालिकाले गत विसं २०७९ पुस १७ गतेदेखि जरिवाना गर्न सुरु गरेको र हालसम्म जथाभावी फोहर फ्याँक्ने व्यक्ति र संस्था गरी नौ सय जनाबाट रु २४ लाख ६३ हजार जरिवानाबापतको राजस्व सङ्कलन गरेको सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले […]

धनकुटा । तमोर करिडोरअन्तर्गत धनकुटाको मुलघाटबाट पाँचथरसम्मको सडक कालोपत्र हुने भएपछि अहिले यस क्षेत्रमा धमाधम होटल सञ्चालनमा आउन थालेका छन् । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटर तमोर करिडोर आयोजनाअन्तर्गत धनकुटाको मूलघाटबाट पाँचथरसम्मको एक सय १२ किमी सडक गत वर्षदेखि कालोपत्र हुने चरणमा छ । भारतको जोगवनीबाट पूर्वी नेपाललाई चीनको ओलाङ्चुङसँग जोड्ने […]