पोखरा । पोखरामा उद्यमी तथा व्यवसायीले सरकारको उचित नीतिको अभावले व्यापार व्यवसाय धरासायी हुँदै गएको गुनासो गरेका छन् । शनिबार बाह्रखरी मिडियाले पोखरामा आयोजना गरेको योङ लिडर्स विथ इन्टरप्रेनर्स कार्यक्रममा कोभिड र तत्कालीन सरकार–माओवादीको सशस्त्र द्वन्द्वको समयमाभन्दा पनि अहिले आर्थिक संकट चुलिएको उनीहरूको भनाइ छ । राजनीति तथा तथा सरकारले व्यसायीका गुनासा नसुन्ने तथा आवश्यक […]

ढोरपाटन, (बागलुङ) । आधुनिक प्रविधिको विकास र बसाइँसराइको कारण बागलुङमा रैथाने बाली संरक्षणमा चुनौती बढेको छ । एक दशक अगाडिसम्म बागलुङको ग्रामीण क्षेत्रमा खेती हुने कोदो, सिमी, फापर, जौँ, उवालगायतका खाद्य बाली पछिल्लो समय निकै कम हुने गरेको छ । खेती कम हुन थालेसँगै उत्पादन पनि घटेको छ । किसानलाई रैथाने बाली खेतीतर्फ आकर्षित गर्नका […]

काठमाडौं : वित्त क्षेत्रका सहकारी, लुघवित्त र मिटरब्याजबाट पीडितले पटक–पटक आन्दोलन गरे पनि न्याय पाउन सकेका छैनन्। उनीहरू जब विरोध प्रदर्शनमा उत्रिन्छन् तब सरकारले माग पूरा गर्ने सहमति गर्छ। तर, कार्यान्वयन गर्दैन। ‘बेवास्ता’ को यो सिलसिला वर्षौंदेखि चलिरहेको छ। सरकारको पछिल्लो प्रतिबद्धता पनि पूरा नभएको भन्दै यी तीनै क्षेत्रका पीडित काठमाडौं आएर आन्दोलनमा उत्रिएका थिए […]

काठमाडौं । आज विश्व उपभोक्ता दिवस । उपभोक्ताको हक, अधिकार, कर्तव्य, दायित्वलगायतका विषयमा चर्चा हुन्छ । प्रत्येक वर्ष उपभोक्ता अधिकार दिवसका दिन हुने चर्चा यस्तै छन् । सरकारले उपभोक्ता अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँछ । अधिकारकर्मीहरु ठूलो ठूलो स्वरमा आफ्ना कुरा सुनाउछन्, हामी उपभोक्ता अब सबै ठीक हुन्छ भनेर मख्ख पर्छौं । तर भएको केही […]

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ र १६ जोड्ने खजुरा खोलामाथि निर्माणाधीन पुलको काम बन्द भएको छ । करिब १० करोडको लागतमा निर्माणाधीन उक्त पुलको भुक्तानी लामो समयसम्म नपाएको भन्दै ठेकेदार कम्पनीले काम ठप्प बनाएपछि निर्माणको काम अलपत्र भएको हो । निर्माण व्यवसायीले अहिलेसम्म काम गरेबापत पाउनुपर्ने एक करोड १० लाखमध्ये हालसम्म १६ लाख मात्र […]

मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्‍चालन हुन लागेको क्लोथ एण्ड फूड बैंक रुपन्देहीको देवदहमा सञ्‍चालनमा आएको छ। सोमबार एक कार्यक्रमका बिच देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल, उप प्रमुख विद्या लक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले संयुक्त रुपमा क्लोथ बैंकको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले क्लोथ बैंकमा […]

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोपारा लेक र पृष्ठभूमिमा शनिबार बिहान देखिएको धवलागिरी हिमालको दृष्य । समुन्द्रि सतहदेखि ३ हजार ६०० मिटर उचाइमा रहेको खोपारा लेक सूर्योदय र हिमालको दृष्य अवलोकनका लागि नयाँ गन्तव्यको रुपमा विकास हुन थालेको छ । तस्बिरः सन्तोष गौतम/रासस

सोमबार लगातारको सर्किटपछि खुलेको दोस्रो घण्टामै कारोबार बन्द भएको सेयरबजारमा भोलिपल्ट भने उच्च गिरावट आएको हो। योसँगै नेप्से २००७.६९ विन्दुमा कायम छ। मंगलबार ४ अर्बको सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कुल १ करोड १३ लाख कित्ता सेयर बिक्री भएको हो। आज ३३ कम्पनीका लगानीकर्ताले कमाए पनि २१३ कम्पनीका लगानीकर्ताले गुमाए। कमाउनेहरुले ८.७३ प्रतिशतसम्म […]

सिरहा । ठगी धन्दा चलाउने जोकोहीलाई पनि कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई हुन्छ । तर सिरहामा सिडिओकै अगाडी ठगीधन्दा विगत लामो समयदेखि चलिआएको छ । सिरहा सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय अगाडी सञ्चालित पसलमा हुलाक टिकटमा खुलेयाम ठगी भइरहेको छ । दैनिक सयौं सेवाग्राही ठगिदै आएका छन् । तर ठगीधन्दा चलाउनेतर्फ कसैको ध्यान पुगेको […]

खोटाङ । जिल्ला कारागार खोटाङका अधिकांश कैदीबन्दी केही न केही व्यावसायिक काममा आबद्ध छन् । केहीले धागो प्रयोग गरेर ढाकाटोपी, रुमाल, सल र पर्स बुन्छन् भने केहीले बाँसका चोया तथा भाटा प्रयोग गरेर घरायसी सामग्री निर्माण गर्छन् । विभिन्न मुद्दामा जेल भुक्तान गरिरहेका कैदीबन्दीलाई सिर्जनशील तथा व्यावसायिक बनाउन विभिन्न दातृ निकायले नि:शुल्क औजारसमेत उपलब्ध गराएका […]