संग्रह -डिल्ली राम अम्माई, बेल्जियम शुभकामनाले वाल रंगिएका छन् कसैले प्रगतिका आशामा कसैले उज्यालो र समृद्धिको बाँकी उपहार र कसैले सद्भावको राग अलाप्दै आफ्ना साथी र शुभचिन्तकलाई बाँडी रहेछन कठै नयाँ बर्षको शुभकामना ! तपाईंको घरमा शान्ति छाओस् तपाईंको परिवारको मिलाप नटुटोस् तपाईंलाई कहिल्यै रिस नउठोस् नयाँ वर्ष फलोस फुलोस !! यो सब त […]

फिक्कल । अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताउनुभयो । उपप्रमुख बरालका अनुसार महोत्सवको पहिलो दिन आज ‘सूर्योदय आइडल’ को ‘ग्रान्ड फिना’, विभिन्न खाद्य परिकारका स्टल, […]

आज हामी कुसुम, फूलमाया अर्थात् सकम्बरीका बारेमा चर्चा गर्नेछौं । कुसुम शर्मा अर्थात चर्चित पात्र सकम्बरी जसको छोटो कपाल । आफ्नै दुनियाँमा रमाउने युवती हुन् । आफूलाई लागेको कुरा फ्याट्टै बोल्छिन् । फरासिली कुसुम सकम्बरी झै उन्मक्त हाँस्छिन् । प्रकाश सपुतको पछिल्लो म्युजिक भिडियो फूलमायामा सकम्बरी पात्रको रुपमा फिचर्ड भएपछि कुसुमको दिनचर्या नै फेरिएको छ […]

गायिका तुलसी धर्ति मगरको “नहसाउ शत्रु ” बजारमा वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” बजार मा आर पोखरेल , काठमाण्डौं । स्व.गायक अमन ओली र गायिका तुलसी धर्ति मगरको को आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” गीतको भिडियो बजारमा आएको छ । देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको […]

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आज पञ्जाब किंग्स (पीबीकेएस) र सनराइजर्स हैदरावाद (एसआरएच) बीच खेल हुँदैछ । महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मोहालीमा हुनलागेको खेल नेपाली समय अनुसार बेलुकाको ७:४५ बजेदेखि सुरु हुनेछ । पञ्जाबले आइपिएलमा हैदरावादविरुद्ध ६६ प्रतिशत खेल जितेको छ। १७ औं सिजनमा दुवै टोलीले अहिलेसम्म २–२ खेल जितेका […]

भक्तपुर । आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने यहाँको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्का: अर्थात् बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । जात्राको पहिलो दिन आज तौमढीस्थित भैरवको रथमा पूजा गर्ने स्थानीयको बिहानदेखि भीड लागेको छ । आज बिहानदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुल्ला गरेर जात्राको शुभारम्भ गरिएको गुठी संस्थान कार्यालयका […]

चराजसरी उडिरहेका थिए, रङहरू र, यही बेला भेटियौ तिमी जसलाई मैले भनिदिएँ– मेरो माया कुनै परिजसरी आएकी थिइनौ तिमी न आएकी थियौ तिमी कुनै हिरोइनजस्ती भएर तिमी आएकी थियौ मसम्मुख कुनै दुर्गम गाउँजस्ती भएर, तिमी आएकी थियौ मसम्मुख सबैभन्दा चम्किलो ताराजस्ती भएर तिमी देखिएकी थियौ, सामान्य तर, रङले भरिएकी पूर्णतः तिमी आएकी थियौ उड्दै उड्दै […]

काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को रिलिज मिति तय भएको छ । चलचित्रका निर्देशक मिलन चाम्सले सबै पक्षबाट उपयुक्त मिति हेरी आगामी वर्ष २०८१ माघ ११ गते रिलिज गर्न लागिएको बताए । यस चलचित्रमा एञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ । उनीसँगै दयाहाङ राई, […]

यो संसारमा सबैभन्दा सुन्दर चरा कुन हो ? यो प्रश्न तपाईंको मनमा अवश्य उठेको होला र यो प्रश्नको उत्तर दिन नसक्ने कोही नहोला किनकी यो संसारमा सबै चराहरु सुन्दर छन् । यद्यपि केही प्रजातिहरूमा निश्चितरूपमा असाधारण विशेषताहरू छन् जसले तिनीहरूलाई अन्य चराहरूबाट अलग राख्छ। आज हामी संसारका ती चुनिएका चराचुरुङ्गीहरूलाई चिन्नेछौँ जसको सुन्दरता अद्भूत र […]

दाङ । बबई नदीबाट करिब १० मिटर पूर्वमा छ पुरन्धरा झरना । बबई गाउँपालिका–५ मा पर्ने यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । ४५ फिट उचाइबाट झर्ने झरनाको पानी बबई नदीमै मिसिन्छ । झरनाको मनमोहक दृश्यले गर्दा आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकास हुन थालेको हो । पहिले यस झरनाबारे कुनै चासो […]