दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका–६ कुम्लेखोलामा माछा माने क्रममा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ वर्षीय सन्तोष कुमाल रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सल्यानको शारदा नगरपालिका–१२ घर भई हाल शुक्लागण्डकीको ओख्ले बस्ने २५ वर्षीय सन्तोष डाँगी र २८ वर्षीय कुमालले विद्युतीय तारको प्रयोग गरी माछा मार्ने […]

काठमाडौं । प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट नौजनालाई पक्राउ गरेको छ । क्यासिनो प्यालेसको अन्डर ग्राउन्डमा अनलाइन सट्टेबाटी गर्दै गरेका उनीहरूलाई गएराति पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ६ नेपाली र तीन भारतीय नागरिक छन् । पक्राउ परेकाहरूको साथबाट प्रहरीले करिब एक करोड रुपैयाँ नगद बरामद गरेको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र […]

काठमाण्डौँ ,  गोङ्गबु आवासीय क्षेत्र भित्र उद्योग चलाउन नपाईने भएको छ । आज काठमाण्डौँ महानगरपालिकाले गोङ्गबु आवासीय क्षेत्र भित्रको एरियामा महानगरको टिमले माईकिङ गदै उक्त क्षेत्रमा संचालन रहेका उद्योगहरु स्थान्तरण गर्न अनुरोध गरेको छ । आवास क्षेत्रभित्र कलकारखाना तथा उद्योग र मेनपावर समेत संचालन गर्न नपाउने जनाएको छ । महानगरलेको टिमले माईकिङ गर्दै सात दिन […]

काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो । ‘बाँसबारी छाला जुत्ता’ उद्योगको जग्गा प्रकरणमा उनलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ । चौधरीलाई निवासबाटै पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ ।  

दाङको राजपुर गाउँपालिका–४का  टीकाराम यादव परिवारको पुर्ख्यौली पेसामै रमाइरहेका थिए। उनीहरूका बाजेका पालमा पनि चारपाँचवटा भैंसी जहिल्यै हुन्थे। तिनै भैंसीबाट हुने आम्दानीले परिवारको गुजारा चल्थ्यो। दूध, दही र घिउ बेच्थे। आम्दानी ठिकै थियो। व्यवहार चलेकै थियो, ठूलो दुःख थिएन। एकाएक टीकारामलाई अलिक बढी पैसा कमाउने धुन चल्यो। उनले ‘गाउँका धेरै केटाहरू विदेश गएका छन्, म पनि […]

खजुरा,। नेपालगन्जका एक युवाले सल्यानमा उत्पादन गरिएको सिस्नो नेपालगञ्ज ल्याएर बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । कुमाख गाउँपालिका –७ सोनपोखरी सल्यान स्थायी घर भइ हाल नेपालगन्ज उपमहानगरपालिका ६ फुल्टेक्रा बस्दै आउनुभएका ३० वर्षीय युवा बुद्धिराम पुरीले सल्यानबाट सिस्नो नेपालगन्ज ल्याएर विक्री वितरण गर्दै आउनुभएको हो । बुद्धिरामले गत दुई महिनादेखि सल्यानबाट सिस्नो नेपालगन्ज ल्याएर […]

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेल/मट्टीतलेको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको ह‌ो । निगमले एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १५ रुपैयाँले बढाएको छ । अब ग्यासको मूल्य प्रतिसिलिन्डर १,९१० रुपैयाँ पुगेको छ । निगमले इन्डियन आयल […]

माघ १७, २०८० गोदावरी : नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न ( विच्छेद) थालेको छ । धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ । विद्युत प्राधिकरणले धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने […]

काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना (काठमाडौं–निजगढ) निरीक्षण गर्न जानेको भीड देख्दा लाग्छ, ‘नामअनुसारको काम भइरहेको छ ।’ अर्थात् सडक निर्माण कार्य द्रुत गतिमा भइरहेको छ । वास्तविकता चाहिँ ठीक उल्टो छ । नाम ‘द्रुतमार्ग’ राखिए पनि निर्माण ‘कछुवा गति’मा छ । कामअनुसारको नामै राख्ने हो भने यसको नाम ‘द्रुतमार्ग’ नभई […]

काठमाडौं । धनगढीका एक व्यवसायीले आत्महत्या गरेका छन् । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक सन्तोष अग्रवालले आत्महत्या गरेका हुन् । कैलाली प्रहरीका डीएसपी कुलदीप चन्दका अनुसार अग्रवालले आफ्नै घरको पाँच तलाबाट हामफालेर आज बिहान आत्महत्या गरेका हुन् । आत्महत्याको कारण भने खुलेको छैन ।