गण्डकी । पर्यटकीय राजधानी पोखरा भित्रने विदेशी पर्यटकको सङ्ख्या यकिन हुन सकेको छैन । नेपाल घुम्न आउने पर्यटकमध्ये आधा पर्यटक पोखरा भित्रने आङ्कलन गरिए पनि वास्तविक तथ्याङ्क कुनै निकायसँग पनि छैन । पर्यटकको विवरण राख्ने संरचना र प्रणाली नहुँदा पोखरा आउने पर्यटकको सङ्ख्या यकिन हुन नसकेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । “बर्सेनि […]

नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाही कर्णालीमा नेपाली कांग्रेसको संगठन सुदृढ यात्राका लागि डोल्पा पुगेका छन् । पार्टीलाई बलियो र गतिशील बनाउने अभियानका साथ कर्णालीको यात्रामा निस्किएका शाहीलाई डोल्पा पुग्दा भव्य स्वागत समेत गरिएको थियो । सल्यान कपुरकोटदेखी हुम्ला सिमिकोटसम्मको पार्टी संगठन सुदृढ यात्रा थालेका शाहीलाई मंगलबार डोल्पा पुग्दा त्यहाँका कार्यबाहक पार्टी सभापति पुर्ण शाही, […]

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर १८०, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, अम्बा २००, नेपाली सुन्तला १५०, आभोकाडो ४०० र स्ट्रबेरी भुईऐसेलु २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, […]

सिरहा । ठगी धन्दा चलाउने जोकोहीलाई पनि कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई हुन्छ । तर सिरहामा सिडिओकै अगाडी ठगीधन्दा विगत लामो समयदेखि चलिआएको छ । सिरहा सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय अगाडी सञ्चालित पसलमा हुलाक टिकटमा खुलेयाम ठगी भइरहेको छ । दैनिक सयौं सेवाग्राही ठगिदै आएका छन् । तर ठगीधन्दा चलाउनेतर्फ कसैको ध्यान पुगेको […]

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरतको खेलमा नेदरल्यान्ड्सले नेपालसामु जीतका लागि १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९।३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाएको हो । नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रनको योगदान दिए । उनले २४ […]

काठमाडौं । पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिन पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरू एक सातादेखि काठमाडौंमा धर्नारत छन् । कहिले खाली खुट्टाले पैदल हिडेर मार्च गर्छन्, त कहिले संसद् भवनको दैलो ढकढक्याउँछन् । आफूहरुले न्याय नपाएसम्म धर्ना र प्रदर्शन गरिरहने उनीहरूको अडान छ । दिनभर सडकमा प्रदर्शन गर्ने उनीहरू हिउँदको ठण्डीमा काठमाडौंमा कसरी बसिरहेका […]

खोटाङ । जिल्ला कारागार खोटाङका अधिकांश कैदीबन्दी केही न केही व्यावसायिक काममा आबद्ध छन् । केहीले धागो प्रयोग गरेर ढाकाटोपी, रुमाल, सल र पर्स बुन्छन् भने केहीले बाँसका चोया तथा भाटा प्रयोग गरेर घरायसी सामग्री निर्माण गर्छन् । विभिन्न मुद्दामा जेल भुक्तान गरिरहेका कैदीबन्दीलाई सिर्जनशील तथा व्यावसायिक बनाउन विभिन्न दातृ निकायले नि:शुल्क औजारसमेत उपलब्ध गराएका […]

काठमाडौं । संसद् भवन प्रवेश गरेर प्रदर्शन गरेको आरोपमा पक्राउ परेका ४९ जना लघुवित्त पीडितलाई प्रहरीले छाडेको छ । सोमबार पक्राउ परेका उनीहरूलाई म्याद थप गरेर हाजिरी जमानीमा छाडिएको काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । सोमबार संसद बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको भन्दै उनीहरुले संसद् भवन परिसर भित्र जबरजस्ती छिरेर नाराबाजी […]

काठमाडौँ । रातका समयमा काठमाडौँ आउने चालक, सहचालक र यात्रुको सुविधाका लागि गोँगबुस्थित नयाँबसपार्कभित्र लोत्से बहुउद्देश्यीय प्रालिले होटल  सञ्चालनमा ल्याएको छ । प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले यातायात व्यवसायीसँगको सल्लाहमा लामो दूरीबाट आएका चालक, सहचालक र यात्रुको  खान तथा बस्नका लागि बिचल्ली नहोस् भन्ने उद्देश्यले होटल सञ्चालनमा ल्याएको जानकारी दिए । उनले बसपार्कभित्र क्रमशः अन्य सेवासमेत […]

  काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि माघ २३ गतेसम्म साइबर अपराधसम्बन्धी १३ हजार तीन सय ३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार सय २५ वटा र सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध एक हजार नौ सय पाँच वटा रहेका छन् । साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जनालाई […]