लगानी बोर्ड बैठक काठमाडौँ । लगानी बोर्डले लगानी सम्मेलनका लागि प्रश्तुत गर्न १४८ वटा परियोजनासम्बन्धि प्रश्ताव तयार पारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मंगलवार काठमाडौंमा बसेको बोर्ड बैठकमा सचिवालयको तर्फबाट सो सम्मेलनमा प्रश्तुतीका लागि १४८ वटा परियोजना प्रश्ताव तयार पारिएको जानकारी गराएको हो । यही वैशाख १६ र १७ गते नेपालमा लगानी सम्मेलन हुँदैछ […]

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेकोछ । आयोगले आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अकूत सम्पत्ति कमाएको भन्दै मुद्धादायर गरेको हो । आयोगको बिज्ञप्तिमा भनिएको  छ –सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक पदमा कार्यरत विकल पौडेलले नेपालको संविधानको धारा […]

नारायणगढ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ, चितवनले भरतपुर महानगरपालिका–१० मा आयोजना गरेको पाँच दिने औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको उद्घाटन कार्यक्रममा उहाँले विभिन्न समयमा बन्द […]

इलाम : वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्य चयनको उपनिर्वाचनले पहिलो पुस्ताको राजनीतिलाई औपचारिक विदाई गर्दै नयाँ पुस्तामा शक्ति हस्तान्तरण गर्ने छ । अहिले राष्ट्रकै चासो बनेको यो उपनिर्वाचन दलहरुले भन्दै आएको मिशन ८४ को परीक्षा पनि बनेको छ । सबै दल कस्सिएर लागेका छन् । जित्ने दाउमा छन् सबै […]

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला रु एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमबारको तुलनामा रु एक हजार सातले उकालो लागेर रु एक लाख ३९ हजार […]

घोराही (दाङ), २८ चैत । घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न व्यस्त छिन् । करिब ५० वर्षीया शान्ति र ५६ वर्षीय खुशीरामले विसं २०६९ बाट दुनाटपरी व्यवसाय गर्दै आएकाछन् । घरको काम सकेर बचेको समय यही व्यवसायमा उनीहरुको दैनिकी बित्ने गरेको छ । यस सहारा दुनाटपरी लघु उद्योगमा […]

जनकपुर, ३० फागुन । मधेश प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जनकपुरले आफ्नो मातहतमा रहेका जिल्लामा बाख्रालाई हैजा नलागोस भनेर पीपीआर खोप लगाईने भएको छ । प्रदेशले चैत्र १ देखि ७ गते ‘रोग नियन्त्रण र रोकथामको लागि सप्ताहव्यापी खोप अभियान कार्यक्रम’ संचालन गर्ने भएको छ । मन्त्रालयद्धारा जारी विज्ञप्तीमा जनाइएअनुसार प्रदेश मातहतमा रहेका जिल्लास्थित […]

काठमाडौ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू गरेको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न आजदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गरेको हो । आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिससमेतका आधारमा प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं […]

सुकमेल मसलाको रानी हो, यसलाई सबैभन्दा महंगो मसलाको रुपमा लिइन्छ । वर्तमान अवस्थामा हेर्ने हो भने किसानहरु सुकमेल खेती गरेर मनग्य आम्दानी गरिरहेका छन । सामान्यतया अलैचीँ खेती हुने ठाउँमा यसको खेती मज्जाले गर्ने सकिने भएको हुनाल] पनी यसको खेती फस्टाएको हो । यसले खेती गरेको २ देखी ३ वर्षबाट उत्पादन दिने भएकाले यसको खेती […]

किसान देशका मेरुदण्ड हुन् । तर आज कसैले पनि किसान भनेर गर्व गर्नसक्ने अवस्था छैन । कृषिमा आवद्ध भएर सहज जीवन जिउन मुस्किल छ । विदेश जानको लागि लागत जुटाउन जति सजिलो छ कृषिको लागि त्यति नै कठिन छ । कारण कृषिप्रतिको अविश्वास तथा व्यवसायी कृषि प्रणालीको अभाव हो । अर्को कुरा सरकारको उदासिनता पनि […]