Author: सुधार आवाज
‘सुनिल शर्माले माओवादी उम्मेदवारलाई हरायो भन्नु गलत कुरा हो । त्यसरी जुन माओवादी नेताले भन्यो त्यो असाध्यै अपरिपक्व, गैर राजनीतिक मानिसले भनेको होला । म त्यसको घोर भर्त्सना गर्छु । मैले त्यस्तो गर्ने हो भने माओवादीलाई हराउने मेरो प्लान हुन्थ्यो भने म भनेरै हराइदिन्थे । मलाई कुनै मतलब थिएन । म किन डराउँथे ? तर […]
न्यूयोर्कको अदालतले अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ । क्यारोलले मानहानिको लागि क्षतिपूर्ति स्वरूप एक करोड डलरभन्दा बढी माग गरेका छन् । फैसलालगत्तै ट्रम्पद्वारा जारी विज्ञप्तिमा फैसलालाई ‘हास्यास्पद’ भन्दै अपिल गर्ने उनले बताए । […]
जुम्ला, १३ माघ । जुम्लाको तिला गाउँपालिका–६ नम्बर वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको हो । तिला गाउँपालिका–६ का वडाध्यक्ष जंग रोकायाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य लागू गरिएको […]
नमस्कार, उनी सल्यान जिल्लाको कुमाख गाँउपालिका निवासी गोरख बहादुर परियार हुन् । २४ वर्षकै कलिलो उमेरमा उनि लामो समय देखि बिरामी परेर ओछ्यानमै थलापरिरहेका थिए । उनको आँफ्नो भन्नु केहि छौन् । ओत लाग्ने छाना र जिउन चाहिने नाना समेतको जोहो नहुदा उनि खोलाको किनारमा पाल टाँगेर परालमा बास बस्दै आएको पनि लामो समय भयो […]
जापानले नयाँ वर्षको भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जानकारी′गराएको छ । जापानको राजधानी टोकियोमा नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ मा गएको भूकम्पमा परी कम्तीमा २३६ जनाको मृत्यु भएको र भौतिक क्षतिको लागत १७ अर्ब ६० करोड अमेरिकी डलर पुग्ने एक सरकारी अधिकारीले शुक्रबार बताएका छन् । इशिकावा प्रान्तमा केन्द्रविन्दू रहेको […]
आज ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस कार्यक्रम भव्यताका साथ मनाईएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाण्डौँ र नेपाल भन्सार एजेन्ट संघ काठमाण्डौँको आयोजनामा त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाण्डौँमा आयोजना गरि मनाईएको छ । सामान्यतया सरकारले आयात र निर्यातमा लगाउने करलाई भन्सार भनिन्छ, भन्सार भन्नाले एउटा देश र अर्को देशबिचको सीमामा भएको वस्तु र सामानको […]
काठमाडौं । राष्ट्रियसभाको १९ सिटका लागि भएको निर्वाचनमा १८ सिटमा सत्तागठबन्धनले जित हासिल गरेको छ भने एक सिटमा एमालेले जित हासिल गरेको छ । निर्वाचनको परिणाम अनुसार कोशी प्रदेशमा अन्य कलस्टरमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् भने महिला क्लस्टरमा एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन् । त्यस्तै मधेस प्रदेशमा महिला क्लस्टरमा जसपाका पूजा चौधरी […]
काठमाडौँ, ११ माघ : जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई कतारमा पक्राउ गरी आज नेपाल ल्याइएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका–११ मधुवन बस्ने २५ वर्षीय सेहमान खाँलाई इन्टरपोल दोहाको सहयोगमा कतारमा पक्राउ गरी उक्त मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो […]
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्ला समय राति वायुको गुणस्तर खतरनाक स्तरभन्दा निकै माथि पुग्ने गरेको छ । यस्तो अवस्थामा घाँटी बस्ने, खस–खस हुने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने गरेको पाइएको छ । लामो समय पानी नपरेका कारण उपत्यकाको वायु प्रदूषण बढेको हो । सवारी साधन, उद्योग, निर्माण कार्य लगायतका कारण वायु प्रदूषण हुने वरिष्ठ मौसमविद् […]
भक्तपुर । आमाका लागि उसका सन्तान कलेजोको टुक्रा सरह हुन्छन् भन्ने पुस्तौंदेखिको भनाइलाई वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले प्रमाणित गरेकी छन् । कलेजोमा भएको क्यान्सरले जीवनसँग सङ्घर्ष गरिरहेका तीन वर्षीय छोरा रिसव भट्टलाई आमा सीताले कलेजोको टुक्रा दिएर नयाँ जीवन दिएकी छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा उपचाररत रिसवलाई आमा सीताको ४० […]