Author: सुधार आवाज
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको नेपाल नागरिक उड्डयन प्राधिकरणको हुने गर्छ । विमानस्थलमा हाल राज्यका तीन निकाय पर्यटन, गृह मन्त्रालय र अर्थ मन्त्रालयका कर्मचारी छन् । उनीहरूको काम, कर्तव्य र भूमिका फरक–फरक छ । पर्यटन मन्त्रालयअन्तर्गतको प्राधिकरणका कर्मचारीले विमानस्थलको व्यवस्थापन र सञ्चालन गर्छन् । गृह मातहत प्रहरी […]
रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका ४, गढवा टोलमा एक जना विवाहित महिलाको शंकास्पद मृत्यु भएको छ । मृतकको माइती पक्षले दाइजोको निहुँमा हत्या भएको आरोप लगाएको छ । मौलापुर नगरपालिका, बौधाटोल घर भइ हाल गौर–४ मा बस्दै आएका सुनिल बैठाकी २१ वर्षीय श्रीमती पुनम बैठा दुई दिन अघि आफ्नै घरमा पासो लगाएर झुण्डिएको अवस्थामा […]
अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ। खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी kyc विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। […]
ललितपुरको एक अपार्टमेन्टमा जर्मन महिला मृत फेला परेकी छन्। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ती महिला जर्मन हुन् र आफ्नो अपार्टमेन्टमा सोमवार मृत फेला परेकी हुन् उनको विषयमा प्रहरीले पूरा विवरण जानकारी गराएको छैन। एसएसपी शेखर खनालको टोली भने घटनास्थलमा जान लागेको ललितपुर प्रहरी परिसरले जनाएको छ। साभार नागरिक दैनिक
सल्यान जिल्लाको कुमाख गाँउपालिका निवासी गोरख परीयारको उपचारको लागि आर्थिक सहयोग जुट्न थालेको छ । पारीवारीक अवस्था आर्थिक रुपमा कमजोर भएकोले उनको उपचारको लागि सुधार आवाज डटकमले स्थानीय निकाय संग सहकार्य गर्दै काठमाण्डौ ल्याएको थियो । उनको उपचार एतिबेला काठमाडौंको काठमाडौं मेडिकल कलेज (KMC) मा भैरहेको छ । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सुनिल […]
काठमाडौँ : फिल्म ‘नमेटिने घाउ’ निर्माणको घोषणा भएको छ। आइतबार काठमाडौंको बत्तिसपुतलीमा आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मको घोषणा गर्दै फिल्ममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समेत देखिने जनाइएको हो। उक्त फिल्ममा ओलीले ‘प्रधानमन्त्री’को रोल निर्वाह गर्ने छन्।यसअघि दिपेन्द्र दाहालको ‘रातो सूर्य’ मा पनि ओली देखिएका थिए। फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा […]
हिउँ नपरेपछि हिमाली भेगका किसान चिन्तित बनेका छन् । हिउँ नपर्दा सिँचाइको समस्या भएर स्याउको बोट सार्न समस्या हुने, स्याउ र ओखरको फूल नलाग्ने, रोग र किराको सङ्क्रमण बढ्ने, दाना राम्रो नहुनेजस्ता समस्याहरू देखापर्छन् । यसका साथै पशुचौपायाका लागि घाँस उपलब्ध नहुनेलगायत समस्या हुने भएकाले किसान चिन्तित भएका हुन् । गत वर्ष माघको पहिलो […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि धरहरामा निर्माण भएको पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा दिने भएको छ । काठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेपछि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए । यसअघि काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा […]
नेपाल भन्सार एजेन्ट संघका अध्यक्ष गौतम भट्टले त्रिभुवन विमानस्थल भन्सार कार्यालयले एजेन्ट भन्दा बाहिरका अन्य ब्यक्तिको विस्वास गर्ने गरेको आरोप लगाएका छन् । त्रिभुन विमान स्थल भन्सार कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टले यस्तो आरोप लगाएका हुन् । उनले भन्सार कार्यालयमा हुने सबैखाले समस्याहरुको फेस भन्सार एजेन्टले गर्नुपर्ने भएपनि भन्सार कार्यालयले एजेन्टकै विस्वास नगरेको आरोप […]
बाँके । नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित एक जना पक्राऊ परेका छन। पक्राऊ पर्नेमा,सुर्खेत गुर्भाकोट नगरपालिका-९ बस्ने २१ वर्षीय राज वली रहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]