Author: सुधार आवाज
नारायणगढ (चितवन) । माघ २२ गते विश्वरक्तदाता तथा रक्तदान उत्प्रेरक अर्जुनप्रसाद मैनालीले दुई सय छ पटक रक्तदान गरेका छन् । ब्लड डानर्स सोसाइटी नेपालले आइतबार आयोजना गरेको रक्तदानसम्बन्धी उत्प्रेरणा अभियानअन्तर्गत विशेष रक्तदान कार्यक्रमका अवसरमा प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरमा उनले दुई सय छ पटक रक्तदान गरेका हुन् । मैनालीले सन् १९८७ देखि आफूले लगातार रक्तदान गर्दै […]
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी अरुण चौधरीसहित तीनै जनाको म्याद आज थपिँदैछ । कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुण कुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर ४ दिनदेखि थुनामा […]
डडेलधुरा । डडेलधुराको अमरगढी नगरपालिका–१ मा गए राति आगो ताप्ने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने सासू–बुहारी हुन् । एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही कारण निसास्सिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । मृत्यु हुनेमा अमरगढी–१, मालमका ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया […]
भेरीगंगा नगरपालिकाले चालू आर्थिक वर्षका लागि छिन्चु खोला, तोली खोला र कालपानी खोलामा २४ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन तथा संकलनको अनुमति दिएको छ। नदीजन्य पदार्थको संकलन तथा उत्खनन्का लागि दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–८ ठेगाना रहेको हिमाल कन्ट्रक्सनले ६८ लाख ९६ हजारमा ठेक्का लिएको छ। प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनमा नदीजन्य पदार्थको उत्खनन तथा संकलनमा […]
२१ माघ, पोखरा । ट्रयाक खुलेको २५ वर्षसम्म सडकको अवस्था नसुध्रिएपछि बागलुङ काठेखोला गाउँपालिकाका जनप्रतिनिधि नै आन्दोलमा उत्रिएका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने गाउँपालिकाभित्रको २५ किलोमिटर सडक कालोपत्रेको माग गर्दै गाउँपालिका अध्यक्ष राजु थापासहितका स्थानीय बासिन्दाले आइतबार करिब ४ घण्टा मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका हुन् । ‘ट्रयाक खोलेको २५ वर्ष भइसक्दा पनि बाटोको अवस्था सुध्रिएन […]
काठमाडौं : रूसी सेनामा भर्ती भएका ७० जनाभन्दा बढी नेपाली सम्पर्कविहीन छन्। नेपालमा रहेका आफन्तले उनीहरूको अवस्था बुझिदिन रूसी सेनामा भर्ती भएका अन्य नेपालीसँग अनुरोध गरेका छन्। रूसी सेनामा कार्यरत नेपाली डाइमण्ड सी म्याग्देलीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘रूसी सेनामा आबद्ध भएर दुई/तीन महिनादेखि सम्पर्कमा नरहेका नेपाली दाजुभाइका ७० भन्दा बढी परिवारजनले आफ्नो मान्छेको […]
कुनै समय नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएर शेयर कारोबार भएका भृकुटी कागज कारखाना र हरिसिद्धि इँटा टायल कारखाना बन्द भएका छन्। सूचीकृत कम्पनी बाहेक बाँसबारी छाला जुत्ता कारखाना, हिमाल सिमेन्ट, हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना र भक्तपुर ट्रली बस सेवा लगायतका उद्योगहरु समेत बन्द भएका छन्। चीनका राष्ट्रपति सी चीनफिगकाे ऐतिहासिक भ्रमणकाे सन्दर्भ पारेर १८ बुँदे समझदारीपत्रमा […]
दाङ । दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाइ वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो […]
नेपालमा प्राविधिक जनशक्तिको अभावको उत्कर्ष भईरहदा सिप प्रदान गरि नेपालमा रोजगारी सृजना गर्ने उदेश्यका साथ २०४५ सालको अन्तिमतिर प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदको स्थापना भयो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदमा संघीयता पश्चात् विभिन्न प्रदेशमा कार्यालय स्थापना भए तर, पनि आजका दिनसम्म बिद्यार्थीका नियमित गतिविधिमा सहजीकरण डेलिभर गर्ने,शिक्षालयको अनुगमन र मनिटरिङ जस्ता हुनैपर्ने महत्त्वपूर्ण […]
प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद केन्द्रिय कर्मचारी संघको आठौँ महाधिवेशन सम्पन्न भएको छ । गए राति सम्पन्न महाधिवेशनमा अध्यक्षमा दिपक टण्डन, वरिष्ट उपाध्यक्षमा विनय देवकोटा, उपाध्यक्षमा प्रमोद पौडेल, चतुरभुज शाही र महासचिव कृष्ण बहादुर खड्का निर्वाचित भएकाहुन् । अध्यक्षमा निवाचित भएका दिपक टण्डन भने यस अगाडिका समेत अध्यक्ष रहेका थिए ।