काठमाडौँ / यस वर्षकाे प्रणय दिवसलाइ तीन लाख ५० हजार स्टिक गुलाफको माग रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन  र ९० प्रतिशत गुलाब भारतबाट आयात गरिएकाे एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जनाए । मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षमा जस्तै यस वर्ष पनि भारतबाट गुलाब ल्याइएको उनकाे भनाइ छ […]

जुनसुकै उमेरमा पुगेको व्यक्तिले धूमपान त्याग्न सक्दा क्यान्सरको खतराबाट जोगिने शोधकर्ताहरूले जनाएका छन्। गार्डियन अखबारका अनुसार, कम्तीमा १५ वर्षअघि नै धूमपान त्याग्न सक्दा सम्भावित क्यान्सरको खतरालाई टार्न सकिने अध्येताहरूले जनाएका छन्। सन् २००२ यता स्वास्थ्य जाँचमा आएका लगभग ३० लाख कोरियालीको स्वास्थ्य परीक्षणको तथ्यांक अध्ययन गरेपछि अध्येताहरू यो निष्कर्षमा पुगेका हुन्। अधवैंशे उमेरमा पुग्नुअघि नै […]

  काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि माघ २३ गतेसम्म साइबर अपराधसम्बन्धी १३ हजार तीन सय ३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार सय २५ वटा र सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध एक हजार नौ सय पाँच वटा रहेका छन् । साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जनालाई […]

  अरुको नागरिकतामा फोटो टाँसेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चालन गरी वैदेशिक रोजगारीमा पठाउने बहानामा  रकम असुल्दै आएका थिए। पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका घर भई ललितपुर बस्दै आएका पक्राउ पर्नेमा सरोज यादव,  सर्लाहीका रामेश्वर सिंह र धनुषाका रामसेवक सिंह रहेका छन्। उनीहरुले ५५ […]

श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो र

काठमाडौं सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्न नहुने टिप्पणी गरेका छन् । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री फेरबदल गर्ने धारणा सार्वजनिक गरिरहेका बेला नेपालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले कामै गर्न नसक्ने भएकाले यस विषयलाई अहिले छलफलको विषय बनाउन नहुने तर्क गरेका हुन् […]

काठमाडौं- नापी कार्यालयका सर्वेक्षक रु एक लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी कर्मचारी नेत्रबहादुर पोखरेललाई पक्राउ गरेको हो। आयोगका अनुसार चौलागाई र पोखरेलले जग्गा हालसाबिक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना  पाएपछि आयोगको टोलीले उनीहरूलाई रङ्गेहात पक्राउ […]

संखुवासभा । जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र गज (कपडा) भेटिएको छ । गत १३ माघमा जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका-६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटभित्र गज भेटिएको हो । सुत्केरी भएको एक सातापछि उनको पेटभित्र एक पिस गज भेटिएको हो। शल्यक्रिया गरेर बच्चा जन्मेको चार(पाँच दिनपछि भण्डारीलाई औषधि दिएर […]

बारामा बस दुर्घटनामा परेर बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परी सुवर्ण गाउँपालिका–३ सतगञ्जमा आज कलैया उपमहानगपालिका–८ मदर्सा टोलकी दुई वर्षिया बालिकाको ज्यान गएको हो। बुधवार कलैयाबाट सतगञ्जतर्फ जाँदै गरेको ना३ख ९९९० न.को यात्रुवाहक बसबाट आमासँगै झर्ने क्रममा बालिकालाई अर्को बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए। […]

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रिहा गरेको छ । काठमाडौं जिल्ला अदालतको आदेशअनुसार सीआईबीले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई आज रिहा गरेको […]