पालिका अध्यक्ष प्रमोद बस्नेत बने दिनदुखिका साहारा

दाङ, ५ माघ । आफ्नो जन्म दिनको अवसर पारी शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले न्यानो कपडा र खेल सामाग्री वितरण गरेका छन् ।

बिज्ञापन

भौगोलिक हिसाबले निकै दुर्गम मान्निने शान्तिनगर गाउँपालिका वडा न.१ मा रहेको श्री सरस्वती आधारभुत बिद्यालयका ५० जना विद्यार्थीलाई न्यानो कपडा लगायत खेल सामाग्री र राप्ती माध्यमिक बिद्यालय शान्तिनगर १ पेदिखोलामा खेल सामाग्री वितरण गरेका हुन् ।

बिज्ञापन

आफ्नो जन्म दिनको अवसरमा आयोजित कार्यक्रममा बोल्दैन अध्यक्ष बस्नेत र आफ्नो केहि व्यक्तिगत खर्च कटाएर आफ्नो क्षेत्रको निकै दुर्गम ठाउँमा आफुले आफ्नो जन्म दिन मनाउन पाउँदा धेरै खुशी भएको बताएका हुन् ।

आफुले चाएको भए तुलसीपुर घोराहीका ठुला ठुला रेस्टुरेन्ट लजहरुमा जन्म दिन मनाउन सक्थे तर त्यो केवल मेरो अथवा मेरो परिवारको खुसिको लागि मात्र सिमित रहनथ्यो तर यस्ता दूरदराजका बस्तीहरूमा आफ्नो जन्मदिन मनाउदा मलगायत सम्पुर्ण विद्यार्थी भाइबहिनीहरु अभिभावक लगायत समाजमा सकारात्मक प्रभाव छाड्न सकिने भन्दै गाउँपालिकाको सबै भन्दा विकट क्षेत्रमा रहेको यस विद्यालयका विद्यार्थीहरूलाई आफ्नो फजुल खर्च कटाएर केहि सहयोग गरिएको बताएका हुन् । उनले भने,‘ सम्पुर्ण विद्यार्थी संगै सिंगो समाजको भविष्य निर्माण गर्न ठाउँ नै विद्यालय भएको भन्दै आफ्नो क्षेत्रको सबै भन्दा विकट ठाउँमा यो विद्यालय रहेको हुँदा मैले आफ्नोतर्फबाट सानो सहयोग गरेको बताए । हामी जनप्रतिनिधिहरूले आफ्नो स्वार्थको लागि मात्र नभइ आफ्ना नागरिकहरूलाई कसरी खुशी बनाउने भन्ने कुरा मुख्य हो । त्यसै अनुसार मै विद्यालयमा आएर साना साना बालबालिकासँग जन्मदिन मनाए र यस कार्यले आफूलाई अझ धेरै उर्जा मिलेको भन्दै आगामी दिनहरूमा पनि यस्तै कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका हुन ।

बिज्ञापन

उनले अहिले नागरिकहरूलाई सबै भन्दा पहिला स्वास्थ्य, शिक्षा आवश्यक परेको भन्दै केही समय अगाडि गाउँपालिका स्तरीय स्वास्थ्य शिविरको आयोजना गरेर हजार भन्दा बढि नागरिकताले सेवा लिएको र ५० भन्दा बढि नागरिकलाई काठमाडौँ लगेर निःशुल्क उपचार गरेको समेत बताए । आफू अध्यक्ष भए संगै आफ्नो पहिलो रोजाइ भौगोलिक हिसाबले धेरै पिछडिएका दुर्गम बस्तीहरु , स्वास्थ्य शिक्षा भएको भन्दै आफ्नो कार्यकालमा यस्ता दुर्गम बस्तीहरु अण्डाकार मुक्त र स्वस्थ्य शिक्षा युक्त गर्न आफू अगाडि बढिरहेको पनि बताएका हुन् ।

यस्तै एक फरक प्रश्न राख्दै उनले तुलसीपुर बजार नजिकै रहेको गाउँपालिकाको पहाडी क्षेत्रमा अझै विद्युतको सेवा नभएको र केहि त्यस्ता विद्युतको जिम्मा लिएर अलपत्र पारेको जिम्मा लिएको कम्पनीलाई कालो सूचिमा राख्ने चेतावनी दिएपछि मात्र विद्युतको काम अगाडि बढिरहेको बताए ।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल भण्डारीले गाउँपालिका अध्यक्षले आफ्नो जन्मदिन विद्यालयमा आएर मनाउँदा धेरै खुशी लागेको भन्दै बिद्यालयको तर्फबाट शुभकामना व्यक्त गरेका हुन। पछिल्लो समय जन्मदिन मनाउने क्रम बढिरहेको भन्दै धेरैले फजुलमा खर्च गर्ने हुँदा गाउँपालिका अध्यक्षले विद्यार्थीलाई न्यानो कपडा दिएर मनाउँदा उदाहरणीय कार्य भएको बताए । यस्तै उनले विद्यालयमा भवन, खेलमैदान, पर्खाल लगायत जस्ता समस्याहरू रहेको भन्दै यसतर्फ पनि सहयोग गर्न आग्र समेत गरेका हुन् ।

अभिभावक सरस्वती वलीले गाउँपालिका अध्यक्षले आफ्नो जन्मदिनको अवसरमा आफ्ना छोराछोरीहरूलाई न्यानो कपडा दिएकोमा खुशी व्यक्त गरिन् । जाडो समयमा निम्न आर्थिक अवस्था भएका विद्यार्थीहरूले न्यानो कपडा पाउँदा धेरै राहत मिलेको समेत बताइन् । पहिलो पटक जनप्रतिनिधिहरू यसरी विद्यालयमा आएर न्यानो कपडा दिएको समेत उनले बताइन् ।

यस्तै अर्की अभिभावक विपना वलीले पनि आफ्नो छोराछोरीहरूले न्यानो कपडा पाउँदा धेरै खुशी लागेको बताइन् । सबै कुराले विकट रहेका यहाँका नागरिकहरू धेरै समस्या भोग्दै आइरहेको भन्दै उनले विद्यालयमा भौतिक संरचना राम्रो नहुँदा विद्यार्थीहरूले सास्ती भोग्दै आइरहेको र त्यसतर्फ ध्यान दिन आग्रह गरिन् ।

बिद्यालय व्यवस्थापनका अध्यक्ष गोपाल वलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिद्यालयका प्र.अ. गोपाल भण्डारी, वडा सदस्य पुष्कर कामी , वडा न.७ का अध्यक्ष तारा बहादुर वली , वडा न.५ का अध्यक्ष उपेन्द्र बहादुर रावत , नेपाली काङ्ग्रेस शान्तिनगर गाउँपालिकाका उपाध्यक्ष दोर्ण बहादुर खत्री, नेपाल शिक्षक संघ दाङ जिल्ला सहसचिव निम बहादुर नेपालीले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु