सल्यान — सल्यान जिल्लामा सम्पन्न हुँदै गएको निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार केश बहादुर बिस्टको जित्ने सम्भावना दिनानुदिन बलियो बन्दै गएको देखिएको छ। पछिल्लो समय स्थानीय तहमा देखिएको जनसमर्थन, चुनावी माहोल र मतदाताको उत्साहले बिस्टको पक्षमा सकारात्मक संकेत दिएको छ।
स्थानीय बासिन्दाहरूका अनुसार बिस्टले यसअघि पनि जिल्लाको विकास, सामाजिक सेवा र जनसमस्यामा सक्रिय भूमिका निर्वाह गर्दै आएका कारण मतदातामाझ राम्रो छवि बनाएका छन्। विशेषगरी ग्रामीण क्षेत्रका मतदाताले उहाँलाई भरोसायोग्य र जनमुखी नेताका रूपमा लिएको जनाइएको छ।
निर्वाचन प्रचारका क्रममा बिस्टले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, कृषि तथा युवाको रोजगारीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै आएका छन्। यसले युवादेखि वृद्धसम्मको समर्थन बिस्तारै आफ्नो पक्षमा तान्न सफल भएको स्थानीय कांग्रेस कार्यकर्ताहरूको दाबी छ।
राजनीतिक विश्लेषकहरूका अनुसार विपक्षी दलबीचको आन्तरिक असमझदारी र मत विभाजनको अवस्था पनि कांग्रेस उम्मेदवार बिस्टका लागि लाभदायक देखिएको छ। यदि यही माहोल कायम रह्यो भने सल्यानमा नेपाली कांग्रेसले महत्वपूर्ण जित हात पार्ने सम्भावना प्रबल रहेको उनीहरूको भनाइ छ।
यसैबीच, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू चुनावी अभियानलाई अझ सशक्त बनाउँदै अन्तिम चरणमा पुगेका छन्। उनीहरू मतदातालाई लोकतन्त्र, स्थायित्व र विकासका लागि कांग्रेसको जित आवश्यक रहेको सन्देश दिँदै घरदैलो अभियानमा जुटिरहेका छन्।
सल्यानमा नेपाली कांग्रेसका उमेदवार केश बहादुर बिस्टको जित्ने सम्भावना बढ्दै















