रामेछापमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

ध्रुवतारा युवा सेवा समाज रामेछाप दोरम्बा शैलुङ ७ थापागाउँको आयोजनामा मन्जुश्री संबत २८६२ औ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछारको पावन अवसर मा बृहत ल्होछार कार्यक्रम २०८२ सम्पन्न भएको छ।
निवर्तमान उर्जा तथा जलस्रोत राज्य मन्त्री पूर्ण बहादुर तामाङ कान्छारामको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा दोरम्बा शैलुङ गाउपालिकाका प्रमुख मैन कुमार मोक्तान मदन्, वडा अध्यक्ष प्रबिन कुमार मोक्तान्, युवा नेता रेशाम लामा, युवा नेता मानध्वज लामा, युवा नेता अमर मोक्तान लगायतका अतिथी रहेको कार्यक्रमलाई सस्थाकै सचिव जयन कुमार मोक्तानले कार्यक्रम संचालन गरेको थियो भने स्थानिय ताम्बा, गान्बा, झाकी, बोन्बो लगायतका विभिन्न झाकी हरुले कार्यक्रमलाई स्वभा दिएका थिए ।

बिज्ञापन

चर्तित कलाकारहरु संजिव वाइव, कृष्ण रेउले, कमला दोङ्, मिलन लामा, संजय थोकर्, पोङ्दिला च्याङबा र चर्तित मोडल प्रीयङका नेपाली लगायतका कलकारहरुको प्रस्तुतिले स्थानिय सबैलाई नचाएका थिए । तामाङ समुदायको विभिन्न सस्कार सस्कृति अन्तरगत रहेको एक ल्होछार कार्यक्रमलाई जिवित राख्न र विश्वमाझ फैलाउन यस कार्यक्रमले ठुलो भूमिका खेलेको छ र यस्ता कार्यक्रमलाई निरन्तर दिनको लागी अनुरोध समेत गरेका थिए प्रमुख अतिथी कान्छा राम तामाङले।

बिज्ञापन

सोही कार्यक्रममा दोरम्बा शैलुङ गाउपालिका ७ पोडिका क्यान्सर रोगका पीडित बिरामी पेमा तामाङको उपचार्थ ८४४६५ चौरासी हजार चार सय पैसठी रुपैया रकम समेत संकलन गरी वडा अध्यक्ष प्रबिन कुमार मोक्तानको रोहबरमा बिरामीका आमा शान्ति तामाङलाई हस्तान्तरण गरेको छ | यस किसिमका कार्यक्रमलाई आउने दिन हरुमा समेत निरन्तर दिदै जाने भनि सस्थाका अध्यक्ष मिन बहादुर तामाङले बताएका छन |
तस्बिर: रेशम लामा

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु