राष्ट्रियसभा चुनाव प्रचारका लागि कांग्रेसको टोली प्रदेशस्तरमा जाने

६ माघ,काठमाडौं।
राष्ट्रिय सभा चुनावको प्रचार प्रसारका लागि नेपाली कांग्रेसको प्रदेशस्तरमा जाने भएको छ ।

बिज्ञापन

कांग्रेसले गठन गरेको राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको शनिबार बसेको बैठकले निर्वाचनका लागि समन्वय र सहजीकरण गर्नका लागि विभिन्न प्रदेशमा जाने निर्णय गरेको सचिव केशवराज जोशीले जानकारी दिए ।

बिज्ञापन

केन्द्रीय समन्वय समितिका संयोजक नेता रमेश लेखकको अध्यक्षताम बसेको बैठकमा ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारहरुसँग छलफल भएको थियो । छलफलपछि समन्वय समितिको टोलीले प्रदेशस्तरमा जाने निर्णय गरेको हो ।

फागुनमा अवधि पूरा हुन लागेका १९ सदस्यको ठाउँमा ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनले आपसमा तालमेल गरेका छन् । तालमेलमा नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले एक सिट लिएका छन् ।
प्रदेशस्तरमा हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

बिज्ञापन

हेर्नुहोस् कांग्रेस निर्णय :

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु