गृहमन्त्री सुदन गुरुङद्वारा उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी, डा. सुनिल शर्माप्रति आभार

काठमाडौं गृहमन्त्री सुदन गुरुङले जेन्जी आन्दोलनका क्रममा घाइते भई उपचाररत बिरामीलाई केएमसी अस्पतालमै पुगेर भेटघाट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
भेटका क्रममा गृहमन्त्री गुरुङले उपचारमा संलग्न चिकित्सकहरूसँग बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आवश्यक उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका थिए। साथै, घाइतेहरूको उपचारमा समर्पित भएर सेवा प्रदान गरेको भन्दै डा. सुनिल शर्मा तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्।
उक्त अवसरमा घाइतेका आफन्तसँग पनि गृहमन्त्रीले भेटघाट गर्दै उपचारका लागि सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए। अस्पताल प्रशासनले पनि घाइतेहरूको उपचारलाई प्राथमिकताका साथ निरन्तर अघि बढाइएको जनाएको छ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु