भक्तपुरमै जटिल रोगको विशेषज्ञ उपचार, केएमसी दुवाकोटले सुरु गर्‍यो ‘सुपर स्पेसालिटी’ सेवा

भक्तपुर । काठमाडौं मेडिकल कलेज (केएमसी) युनिट–२, दुवाकोटले अत्याधुनिक ‘सुपर स्पेसालिटी’ स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ। सेवा सञ्चालनसँगै अब मुटु, मस्तिष्क, मिर्गौला लगायतका जटिल रोगहरूको विशेषज्ञ उपचार भक्तपुरमै उपलब्ध हुने भएको छ।

बिज्ञापन

केएमसीका सञ्चालक डा. सुनिल शर्माले अत्याधुनिक प्रविधि तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूको टोलीमार्फत हार्ट अट्याक, ब्रेन स्ट्रोक, न्युरोसर्जरी, कार्डियोलोजी, इन्टरभेन्सनल कार्डियोलोजीलगायतका सेवा दुवाकोटस्थित अस्पतालबाटै प्रदान गर्न थालिएको जानकारी दिए।

बिज्ञापन

उनका अनुसार उक्त सेवाबाट भक्तपुरसहित काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं तथा आसपासका जिल्लाका बिरामीहरूले जटिल उपचारका लागि टाढासम्म धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

अस्पतालले अत्याधुनिक स्वास्थ्य उपकरण, २४सै घण्टा आकस्मिक सेवा, दक्ष विशेषज्ञ चिकित्सक र गुणस्तरीय उपचार प्रणालीमार्फत बिरामीलाई छिटो, सुरक्षित तथा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।

बिज्ञापन

केएमसी दुवाकोटले आधुनिक स्वास्थ्य सेवाको विस्तारसँगै मुटुदेखि मस्तिष्कसम्मका जटिल रोगहरूको विशेषज्ञ उपचार सहज रूपमा उपलब्ध गराउँदै स्वास्थ्य सेवा क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु