चितवनका चेपाङ बस्तीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, सयौं स्थानीय लाभान्वित

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) दुवाकोटले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत चितवनका दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमार्फत सयौं स्थानीयले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा उपचार सेवा पाएका छन्।

बिज्ञापन

केएमसी दुवाकोटको प्राविधिक सहयोग, नीलगिरि बचत तथा ऋण सहकारी संस्था र आत्म जागृति मिसन नेपाल, काठमाडौंको आयोजनामा तथा खैरहनी नगरपालिकाको समन्वयमा वडा नं. ६ मा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा एक हजार एक सयभन्दा बढी स्थानीयले सेवा लिएका थिए।

बिज्ञापन

यस्तै, कालिका नगरपालिका–१० स्थित चेपाङ बस्तीको निबुवाटार आधारभूत विद्यालयमा पनि केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। विशेषज्ञ चिकित्सकको टोली गाउँमै पुगेपछि स्थानीयले सहज रूपमा स्वास्थ्य सेवा पाएका थिए। साथै, उपचारका लागि केएमसी दुवाकोट पुग्ने चेपाङ समुदायका बिरामीलाई अस्पतालमा उपलब्ध सेवा निःशुल्क प्रदान गरिने जानकारी पनि दिइएको थियो।

दुवै शिविरमा बालरोग, हाडजोर्नी तथा नशारोग, शल्यक्रिया, छाला तथा यौनरोग, आँखा, दन्त, नाक, कान तथा घाँटी, मुटुरोग, स्त्रीरोग तथा मनोरोगसम्बन्धी विशेषज्ञ सेवा निःशुल्क उपलब्ध गराइएको थियो। रगत र पिसाब परीक्षणको सुविधासमेत प्रदान गरिएको आयोजकले जनाएको छ।

बिज्ञापन

स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ हुने र आर्थिक अवस्था कमजोर भएका स्थानीयले आफ्नै बस्तीमा विशेषज्ञ चिकित्सकबाट सेवा पाउँदा खुसी व्यक्त गरेका थिए। शिविरमा रोगको प्रारम्भिक पहिचान, आवश्यक स्वास्थ्य परामर्श तथा थप उपचारका लागि सिफारिससमेत गरिएको थियो।

आयोजकका अनुसार शिविरबाट प्रत्यक्ष रूपमा सयौं स्थानीय लाभान्वित भएका छन्। यस्ता कार्यक्रमले स्वास्थ्य सचेतना बढाउनसमेत सहयोग पुगेको विश्वास गरिएको छ।

नेपाली कांग्रेसका नेता सुनील शर्माद्वारा सञ्चालित केएमसीले स्वास्थ्य सेवाको पहुँच कम भएका दुर्गम क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। केएमसीले गम्भीर बिरामीको निःशुल्क उपचार, देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर, घाइतेहरूको उपचारमा सहयोग तथा एम्बुलेन्स हस्तान्तरणजस्ता सामाजिक कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु