काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालले छाला, कपाल र नङसँग सम्बन्धित रोगहरूको उपचारका साथै सौन्दर्यसम्बन्धी सेवा विस्तार गरेको छ। सिनामंगलस्थित अस्पतालले आधुनिक प्रविधिसहित डर्माटोलोजी र प्लास्टिक सर्जरी सेवा सञ्चालन गर्दै आएको जनाएको छ।
बिज्ञापन
अस्पतालका अनुसार पछिल्लो समय छालासम्बन्धी उपचारका लागि आउने सेवाग्राहीको संख्या बढ्दै गएको छ। सामान्य एलर्जी, फंगल इन्फेक्सन, सोरायसिस, एक्जिमा, डन्डीफोर, दुबीदेखि छालाको क्यान्सरसम्मका रोगहरूको उपचार अस्पतालमा भइरहेको छ।
बिज्ञापन
उपचारलाई थप प्रभावकारी बनाउन केएमसीले करोडौं रुपैयाँ मूल्यका अत्याधुनिक लेजर उपकरण प्रयोगमा ल्याएको छ। यी उपकरणमार्फत अनुहारको दाग–धब्बा, चाउरीपना तथा ट्याटु हटाउने सेवा पनि उपलब्ध रहेको अस्पतालले जनाएको छ।
छालारोग विशेषज्ञ डा. गरिमा रेग्मीका अनुसार केएमसीमा दैनिक सयौं सेवाग्राही उपचारका लागि आउने गरेका छन्। उपचार गराउनेमा महिलासँगै पुरुषहरूको संख्या पनि बढ्दै गएको उनले बताइन्।
बिज्ञापन
अस्पतालले अनावश्यक रौँ हटाउने तथा कपाल झर्ने समस्याको वैज्ञानिक उपचारसमेत गरिरहेको छ। साथै, निकट भविष्यमै सहुलियतपूर्ण शुल्कमा अत्याधुनिक प्रविधिबाट कपाल प्रत्यारोपण (हेयर ट्रान्सप्लान्ट) सेवा सुरु गर्ने तयारी भइरहेको डा. रेग्मीले जानकारी दिइन्।
केएमसीमा प्लास्टिक सर्जरी सेवा पनि उपलब्ध छ। दुर्घटनाबाट क्षति पुगेका अंग, क्यान्सर उपचारपछि पुनर्निर्माण गर्नुपर्ने भाग तथा जन्मजात समस्या भएका अंगहरूको पुनर्निर्माण गरिँदै आएको अस्पतालले जनाएको छ। साथै, नाक, ओठ वा स्तनको बनावट सुधार गर्न चाहनेका लागि चिकित्सकीय मापदण्डअनुसार कस्मेटिक सर्जरी सेवा पनि उपलब्ध छ।
सौन्दर्य सुधारदेखि जटिल पुनर्निर्माणसम्मका सेवा एउटै स्थानबाट उपलब्ध हुँदा सेवाग्राहीलाई सहज भएको अस्पतालको भनाइ छ।
डा. सुनिल शर्माद्वारा सञ्चालित केएमसीले पछिल्लो समय आधुनिक प्रविधि र विशेषज्ञ जनशक्तिमार्फत स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आएको जनाएको छ। अस्पतालले गुणस्तरीय उपचारसँगै बिरामीको आत्मविश्वास बढाउने सेवामा विशेष जोड दिँदै आएको छ।






