राष्ट्रिय प्याथोलोजी क्विजमा केएमसीका विद्यार्थी प्रथम

काठमाडौं। काठमाडौं मेडिकल कलेज (केएमसी) का एमबीबीएस २४औँ ब्याचका तीन विद्यार्थी राष्ट्रियस्तरको नेसनवाइड प्याथोलोजी क्विज ३.० मा प्रथम स्थान हासिल गर्न सफल भएका छन्।
२०८२ चैत १४ गते (२८ मार्च २०२६) चितवन मेडिकल कलेजद्वारा आयोजित उक्त प्रतियोगितामा करिना मल्ल, विशेष खनाल र अपूर्व कुमार झा सम्मिलित केएमसीको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको हो।
प्रतियोगितामा देशभरका विभिन्न मेडिकल कलेजका विद्यार्थीहरूको सहभागिता रहेको थियो। कठिन प्रतिस्पर्धाबीच केएमसीका विद्यार्थीले हासिल गरेको यो सफलता कलेजका लागि गौरवको विषय भएको जनाइएको छ।
कलेज प्रशासनले विजयी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको मेहनत, लगनशीलता र उत्कृष्टताप्रतिको समर्पणले काठमाडौं मेडिकल कलेजको प्रतिष्ठा अझ उँचो बनाएको जनाएको छ। साथै, आगामी दिनमा पनि यस्तै सफलता हासिल गर्दै चिकित्सा शिक्षामा उत्कृष्ट उदाहरण प्रस्तुत गर्न शुभकामना दिएको छ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु