विश्व वातावरण दिवसको अवसरमा केएमसी दुवाकोटमा वृक्षरोपण कार्यक्रम सम्पन्न

भक्तपुर। विश्व वातावरण दिवस (जुन ५) को अवसरमा काठमाडौं मेडिकल कलेज (केएमसी) युनिट–२, दुवाकोट, भक्तपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
अस्पताल परिसरलाई हराभरा बनाउने, वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने तथा जलवायु परिवर्तनका चुनौती न्यूनीकरणमा योगदान पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा चिकित्सक, नर्स, अस्पतालका कर्मचारी तथा अन्य सहभागीहरूले विभिन्न प्रजातिका बिरुवा रोपे।
कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण केवल एक दिनको अभियान नभई दैनिक जीवनशैलीसँग जोडिएको जिम्मेवारी भएको उल्लेख गर्दै प्रत्येक नागरिकले कम्तीमा एक बिरुवा रोपेर त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए। विश्व वातावरण दिवसले प्रकृति संरक्षण, जैविक विविधताको संवर्द्धन तथा स्वच्छ वातावरण निर्माणप्रति सबैलाई जिम्मेवार बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरिएको थियो।
केएमसी दुवाकोटले यस्ता सामाजिक तथा वातावरणमैत्री कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु