सिंहदरबारमा रास्वपा संसदीय दलको बैठक सुरु

१२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको सांसद मनीष झाले जानकारी दिए ।
संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको संयोजकत्वमा बैठक बसेको हो ।

बिज्ञापन

झाका अनुसार, आजको बैठकमा गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा उठेका प्रश्न, पार्टीले आगामी दिनमा संसद्मा निभाउनुपर्ने भूमिका लगायतका विषयमा छलफल हुने रास्वपाले बताएको छ ।

बिज्ञापन

भोलि दिउँसो संसद् बैठक बस्दैछ । त्यसको पूर्वसन्ध्यामा रास्वपाले आफ्नो पार्टीका धारणा तय गर्नका लागि संसदीय दलको बैठक राखेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु