काठमाडौं । महिला टी-२० विश्वकपको एसिया छनोटमा युएईलाई हराउदै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ ।
बिज्ञापन
सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै ग्लोबल छनोटमा प्रवेश गरेको हो ।
बिज्ञापन
युएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाउदै भेट्टायो । नेपालका लागि कप्तान इन्दु बर्माले २८ बलमा अविजित ३० रन बनाइन् । रुविना क्षेत्रीले २३ रन बनाउदा सम्झना खड्काले २१ रन जोडिन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाएको थियो । यूएईका लागि कप्तान इशा ओजाले ३९ रन बनाउदा तीर्था सतिशले २१ र हीना होचन्दानीले २० रन बनाएकी थिईन् ।
बिज्ञापन
बलिङतर्फ नेपालका लागि मनिषा कुमारी उपाध्याय एक्दैले ४ विकेट लिएकी थिईन् । यस्तै कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिइन् ।
नेपालले अब सुपर-३ को दोस्रो खेलमा मंगलबार थाइल्याण्डसँग खेल्नेछ । थाइल्याण्डले पनि युएईलाई नै हराउँदै ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ ।