काठमाडौं । थाइल्याण्डमा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो चौथो खेलमा नेपालले बहराइनलाई ६ विकेटले हराएको छ ।
बिज्ञापन
पहिले ब्याटिङ गरेको बहराइनले १२ ओभर ४ बलमा ३ विकेट गुमाउँदै ७६ रन बनाएको थियो। तर खेलको दौरान वर्षा भएपछि डकवर्थ–लुइस–स्टर्न (DLS) प्रणाली अनुसार नेपाललाई ७ ओभरमा ५६ रनको लक्ष्य दिइएको थियो।
बिज्ञापन
नेपालले उक्त लक्ष्य ८ बल बाँकी रहँदै मात्र ४ विकेटको क्षतिमा पूरा गर्यो। कप्तान इन्दु बर्माले अविजित २४ रनको शानदार पारी खेल्दै टोलीलाई जितसम्म पुर्याइन्। त्यस्तै, पुजा महतोले १४ रन योगदान दिइन्। सम्झना खड्का ५ रनमा आउट भइन् भने रुबी पोदारले १ रन बनाइन्। कविता जोशी शून्य रनमै पेवेलियन फर्किइन्।
यो जितसँगै नेपालले एसिया छनोट प्रतियोगितामा आफ्नो प्रदर्शन सुदृढ बनाएको छ। नेपालले यसअघि खेलेका तीन खेलमध्ये दुईमा जित दर्ता गरेको थियो।