देउवाजीलाई १४ महिनापछि लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर हस्तान्तरण गर्छुः प्रधानमन्त्री ओली

तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताउनुभएको छ ।

बिज्ञापन

बिहीवार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले देश विकासको योजना बनाउने काममा कतिपयले मौका नपाएको र कतिले बारम्बार मौका पाएको बताउनु भयो । उहाँले कतिपयले बारम्बार योजना बनाउन मौका पाएझैँ काँग्रेस सभापति देउवालाई पनि अबको १४ महिनापछि आफूले लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर धुमधामसँग हस्तान्तरण गर्ने बताउनु भयो ।

बिज्ञापन

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘१४ महिनापछि एउटा थप मानार्थ फेला पर्छ । १४ महिनापछि त म पनि त्यही हो मानार्थ । तपाईंहरुकै सदस्य । अहिले यो सबै संयोग हो । कतिपय योग्य मान्छेहरु यसमा आउनै नपाएर बाहिरै बसेका छन् । मौका पाएका छैनन् । सबैले एकै ठाउँमा मौका पाउँदैनन् । कसैले पटक पटक पाउँछन् । अब शेरबहादुरजी पाँच पटक प्रधानमन्त्री हुनुभयो । मौका उहाँलाई जुर्छ क्या त्यो । के गर्नु ? अब फेरि जुर्नेवाला छ । मैले १४ महिनापछि शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर बकाइदा धुमधामसँग हस्तान्तरण गर्छु ।’

प्रधानमन्त्री ओलीले आफू पनि १४ महिनापछि योजना आयोगको पूर्वअध्यक्ष हुने बताउनु भयो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु