नेता होइन, जनताको सोचमा परिवर्तन आवश्यक : सभामुख घिमिरे

काठमाडौँ – सभामुख देवराज घिमिरेले मुलुकको समग्र सुधारका लागि नेताहरूको मात्र होइन, जनताको सोचमा पनि आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्।

बिज्ञापन

शनिबार सिंहदरबारमा आयोजित ‘नेपालको वर्तमान अवस्था : चुनौती र समाधान’ विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले, गलत र सहीको पहिचान नगरी अघि बढ्ने प्रवृत्ति बढ्दै गएकोप्रति गहिरो चिन्ता व्यक्त गरे।

बिज्ञापन

“यथार्थ बुझ्ने र त्यसको आधारमा निर्णय लिने मानसिकता कमजोर हुँदै गएको छ,” उनले भने, “सही विषयवस्तुहरू समेत गलत रूपमा प्रस्तुत हुन थालेका छन्, जुन जनताको सोच र व्यवहारमा परिवर्तन नआएको परिणाम हो।”

उनका अनुसार नेताहरूको परिवर्तन त प्रणालीको स्वाभाविक प्रक्रिया हो, तर जनताको चेतनास्तरमा परिवर्तन नआएसम्म स्थायी सुधार सम्भव छैन।

बिज्ञापन

राजनीतिक अस्थिरताको मूल जरा जनचेतनामा रहेको संकेत गर्दै उनले भने, “देशमा प्रणाली विरोधी गतिविधिहरू बढ्दै गएका छन्, जसप्रति जनताले सचेत भई निगरानी गर्नुपर्ने आवश्यकता छ।”

सभामुख घिमिरेले लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि सक्रिय नागरिक भूमिका अपरिहार्य रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु