काठमाडौं । काठमाडौं मैनमैजु द राईजिङ युवा क्लबले शनिवार बैशाख ६ गते नुवाकोटको सुर्यचौरमा युवाहरुको वनभोज तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम बहुसंख्यक युवाहरु को उपस्थितिमा भब्य रुपले समापन गरेको छ।
बिज्ञापन
द राईजिङ युवा क्लवका अध्यक्ष सुरेश डंगोल को नेतृत्वमा संचालित क्लवको देशैभर ठुलो संजाल रेहेको छ। उक्त क्लवले बिभिन्न समयमा बिभिन्न कार्यक्रम गर्दै आएको छ। बिगतका दिनहरुदेखि समस्या परेको ठाँउमा जुट्ने र बिभिन्न बिपत लगायतका समयमा राहत बितरण सेवा लगायतका काममा महत्वपुर्ण सहयोग गर्दै आईरहेको छ।
प्रत्येक बर्ष युवाको जमघट गर्ने र बनभोज कार्यक्रम गरिरहने क्लबको नियमित कार्यक्रम नै हो सचिव नारायण समाजसेविले बताए ।
द राईजिङ क्लब युवाहरुको लागी लोकप्रीय बनेको छ। कार्यक्रम सम्पन्न भएपछि अध्यक्ष डंगोलले सवैलाई धन्यवाद व्यक्त गरेका छन्।
उक्त क्लव को सवै युवालाई एकता, सहयोग , समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने उदेश्य रहेको छ। युवाहरु माझ लोकप्रीय अध्यक्ष डंगोल नेपाली कांग्रेस निकट नेपाल तरुण दलका केन्द्रीय सदस्य समेत हुन।





