काठमाडौं । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्रीको जिम्मेवारीबाट राजीनामा दिएकी छन् ।
बिज्ञापन
उनले पार्टीका कार्यवाहक सभापति डिपी अर्याल समक्ष राजीनामा प्रस्ताव गरेकी हुन् । उनले अब प्रतिनिधि सभामा आफ्नो भूमिका अझ प्रभावकारी बनाउने उद्देश्यले पार्टीको पदबाट अलग हुने निर्णय लिएको उल्लेख गरेकी छन्।
बिज्ञापन
यद्यपि, श्रेष्ठले सार्वजनिक रूपमा भने अहिलेसम्म राजीनामाबारे कुनै टिप्पणी गरेकी छैनन्।
रास्वपा सभापति रवि लामिछानेले पार्टीको पुनर्संरचना प्रक्रिया अघि बढाएसँगै अन्य पदाधिकारी तथा विभागीय प्रमुखहरू पनि राजीनामाको तयारीमा रहेको बताइएको छ।






