टी–२०आई सिरिजः जितका लागि नेपाललाई १७५ रनको लक्ष्य

काठमाडौं । चारदेशीय टी–२० सिरिजको उपाधि उचाल्न नेपालले कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याउनुपर्ने भएको छ।

बिज्ञापन

त्रिवि क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो।

बिज्ञापन

कुवेतका लागि ओपनर रविजा सन्दारुवानले आक्रामक ब्याटिङ गर्दै ३६ बलमा ४ चौका र ६ छक्काको मद्दतमा ६० रनको उत्कृष्ट योगदान दिए। त्यस्तै, क्लिन्टो एन्टोले २६, मोहम्मद उमर अब्दुल्लाले २३ र मिट भावसारले १६ रन जोडे।

नेपालका लागि बलिङमा नन्दन यादव र सोमपाल कामीले समान २/२ विकेट लिए। करण केसी र कुशल भुर्तेलले एक–एक विकेट झारे।

बिज्ञापन

अब नेपालले सिरिजको उपाधि जित्न १७५ रन बनाउनु पर्नेछ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु