सल्यान । औषधि व्यवस्था विभाग नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय सल्यान र उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त टोलीले जिल्लाका १९ सरकारी तथा निजी अस्पताल, क्लिनिक, फार्मेसीबाट लाखौं मूल्य बराबरका म्याद गुज्रिएका औषधि बरामद गरेको छ ।
बिज्ञापन
सर्वसाधारणबाट गुनासो आएपछि अनुगमन गरिएको हो । निजी अस्पताल तथा क्लिनिकबाट सेवाका नाममा चर्को शुल्क असुली गरेको र प्रतिबन्धित औषधिसमेत बिक्री गर्दै आएको गुनासो सर्वसाधारणले गरेका थिए ।जिल्ला अस्पताल सल्यान, शारदा नगरपालिका-१ श्रीनगर, सिद्धकुमाख गाउँपालिकाको ढोडचौर, मोख्ला र बाग्चौर नगरपालिकाको बाग्चौर बजारमा रहेका निजी अस्पताल तथा क्लिनिकमा अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्यामलाल खरालले बताए ।
बिज्ञापन
उनले म्याद सकिएका ८ लाख बराबरको औषधि मात्र नभई सर्जिकल सामग्रीसमेत बरामद गरेको जानकारी दिए । उनका अनुसार बरामद औषधि तथा सर्जिकल सामग्री नष्ट गर्न औषधि व्यवस्था विभाग नेपालगन्ज पठाइएको छ । पहिलोपटक भएकाले सबैलाई सचेत गराइएको र आगामी दिनमा म्याद गुज्रिएका औषधि बिक्री गरेको पाइएमा कारबाही गरिने उनले बताए ।
















