काठमाडौँ । आन्दोलनरत शिक्षकहरू र सरकारबीच सिंहदरबारमा औपचारिक वार्ता सुरु भएको छ।
शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा नेपाल शिक्षक महासंघका प्रतिनिधि र सरकार पक्षबीच छलफल सुरु भएको हो ।
बिज्ञापन
शिक्षा ऐनको माग राख्दै शिक्षकहरू नौ दिनदेखि काठमाडौँको माइतीघरमा निरन्तर आन्दोलनमा छन्।
बिज्ञापन
यसअघि सरकारले बारम्बार वार्ताको आह्वान गर्दा पनि शिक्षकहरू सहभागी भएका थिएनन्। तर, अन्ततः दुई पक्षबीच संवादको ढोका खुलेको छ।






