काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी कानून संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०८० संसदमा प्रस्तुत भएपछि उत्पन्न आन्दोलनप्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।
बिज्ञापन
सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका माग सम्बोधनका लागि मन्त्रालयले पुनः वार्ता र संवादमार्फत समाधान खोज्न आग्रह गरेको छ। यसअघि चैत १२ र १३ गते मन्त्रालयले छलफलका लागि आह्वान गरे पनि आन्दोलन जारी रहेकाले अब चैत १४ गते पुनः औपचारिक वार्ता आयोजना गरिएको मन्त्रालयले जनाएको छ।
बिज्ञापन
शिक्षक महासंघ, विभिन्न संगठन, आन्दोलनरत शिक्षक, सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी प्रतिनिधिहरूलाई उक्त वार्तामा सहभागी हुन मन्त्रालयले अनुरोध गरेको छ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “समस्या समाधानका लागि खुला संवाद अपरिहार्य भएकाले सबै पक्षलाई वार्तामा सहभागी हुन पुनः आमन्त्रण गरिएको छ।”
बिज्ञापन
साथै, मन्त्रालयले शिक्षण–शिक्षण प्रक्रिया प्रभावित नपार्ने गरी शान्तिपूर्ण रूपमा आफ्ना मागहरू प्रस्तुत गर्न शिक्षकहरूलाई आग्रह गरेको छ।






