काठमाडौँ । नेपालमा आफ्ना प्रहरी समातिएपछि भारतको केन्द्रीय गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ । आफ्ना सबै राज्य र केन्द्र शासित प्रदेशका मुख्य सचिव, डीजीपीका नाममा भारतको केन्द्रीय गृह मन्त्रालयले सर्कुलर जारी गरेको हो ।
बिज्ञापन
केही साता अघि पञ्जाब राज्यका प्रहरीहरू समावेश टोली एक कथित अपराधीलाई पक्राउ गर्न काठमाडौँ आएको थियो। तर, नेपाल प्रहरीले अनुमति नलिई आएको भन्दै उक्त टोलीलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि भारत सरकारको आग्रहमा नेपाल सरकारले टोलीलाई रिहा गरेको थियो।
बिज्ञापन
यही घटनाको पृष्ठभूमिमा भारतको गृह मन्त्रालयले विदेशी भूमिमा अनुसन्धान वा अन्य कुनै मिसनमा जानुअघि अनिवार्य रूपमा पूर्वअनुमति लिनुपर्ने स्पष्ट निर्देश दिएको हो। अबदेखि कुनै पनि राज्यको प्रहरी वा सरकारी निकाय विदेशी भूमिमा कार्यभारका लागि जाँदा केन्द्रीय गृह मन्त्रालयबाट अनुमति लिनुपर्नेछ।
भारतीय सञ्चारमाध्यमका अनुसार, यस निर्देशले भविष्यमा यस्ता घटनालाई टार्न र अन्तर्राष्ट्रिय नियमहरूको पालनालाई सुनिश्चित गर्न सहयोग गर्ने विश्वास गरिएको छ।






