एकीकृत समाजवादी कोशीको पहिलो अधिवेशन आजदेखि

नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीको पहिलो अधिवेशन मंलबार सुनसरीको इटहरीमा सुरू हुँदैछ।

बिज्ञापन

अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने अधिवेशन दुई दिनसम्म चल्नेछ। नेकपा एमालेबाट विभाजित बनेयता एकीकृत समाजवादी कोशीको पहिलो अधिवेशन हुन लागेको हो। अधिवेशनमा सम्मानित नेता झलनाथ खनालसहितका शीर्ष नेताहरू सहभागी हुनेछन।

बिज्ञापन

एकीकृत समाजवादी स्रोतका अनुसार पार्टी प्रदेश अध्यक्षमा महेश रेग्मी, सरिता खडका, केशव विस्ट, धर्म निरौला लगायतका नेताहरू दाबेदार छन्। हालका अध्यक्ष बलदेव चौधरी केन्द्रीय सचिव भएका छन।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु