काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब पाएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काममा फर्किएपछि सोमबार कर्मचारीहरूले तलब पाएको महानगरकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
मेयर बालेन्द्र शाहदेखि महानगरका सबै जनप्रतिनिधि र कर्मचारीको तलब हालिएको हो ।
बिज्ञापन
महानगरमा ३ महिनादेखि ६ महिनासम्मको तलब कर्मचारीले पाउन बाँकी थियो । बाँकी तलब सबैले पाएको मानन्धरको भनाइ छ ।
बिज्ञापन
तलब वितरणका लागि कूल १ अर्ब १३ करोड रुपैयाँ निकासा गरिएको छ। महानगरमा कार्यरत २,९०० कर्मचारीलाई उक्त रकम वितरण गरिएको प्रवक्ता मानन्धरले जानकारी दिए।काठमाडौं टावरको नक्साका विषयमा मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाईं बीच विवाद भएको थियो । बालेनले समिति गठन गरि अनुसन्धाान गराएका थिए भने गुरागाईंलाई कार्यालय प्रवेश गर्न दिएका थिएनन् ।
तलब नपाएको भन्दै महानगरका कर्मचारी जनप्रतिनिधिले बिहीबार गुरागाईं कार्यालयमा प्रवेश गराएका थिए ।






