सुनसरीको इटहरीस्थित सेन्ट्रल प्लाजामा भएको आगलागीमा ५ जना सुरक्षाकर्मीसहित ७ जना घाइते भएका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार, उद्धार कार्यका क्रममा घाइते भएका सबैको स्वास्थ्य अवस्था सामान्य छ, र उनीहरूको उपचार भइरहेको छ।
बिज्ञापन
सुनसरीको इटहरी चोकबाट दुई सय मिटर पूर्वमा रहेको नौ तलाको भवन सेन्ट्रल प्लाजामा बुधबार बिहानदेखि आगलागी भइरहेको छ। अहिले आगो नियन्त्रण उन्मुख भएको प्रजिअ मिश्रले बताए।
बिज्ञापन
‘बिहान ९ः४५ देखि आगोले ठूलो रुप लिएको हो,’ प्रजिअ मिश्रले भने, ‘त्यसबेला ११ जना भित्र फसेका थिए। हेलिकप्टर पनि मगाएका थियौं। तर काठमाडौंबाट आइपुग्न समय लाग्ने भएपछि डोरीको सहायताले सुरक्षाकर्मीले ११ जनाको उद्धार गरे।’
उनका अनुसार अहिले १२ वटा दमकलको सहायताले आगो नियन्त्रण उन्मुख भएको छ। क्रेनको सहायताले पानी हालिरहेको र आयल निगमबाट फोम, फायरबल लगायतका सामग्री ल्याएर आगो नियन्त्रण प्रयास जारी रहेको उनले जानकारी दिए।
बिज्ञापन
ीभखघीबहmष् दबलप
सेन्ट्रल प्लाजाको छैटौं तलामा रहेको बरण्डा होटलको रेष्टुराँ, किचन र पाँचौं तलामा रहेको अफिस कक्षमा आगोले क्षति गरेको होटल सञ्चालक राजेश श्रेष्ठले जानकारी दिए।
श्रेष्ठले दिएको जानकारी अनुसार बिहान साढे आठ बजेतिर होटलका कर्मचारीहरू अफिस कक्षमा पुगेका थिए। अफिसको ढोका खोलेर भित्र पस्दा कोठा धुँवाले भरिएको अवस्थामा फेला परेको थियो।






