गगन थापाको विशेष सम्बोधनसहित नेपाली कांग्रेस सल्यानको ऐतिहासिक जिल्ला सम्मेलन सम्पन्न

सल्यान, १० फागुन २०८१ – नेपाली कांग्रेस सल्यानले आयोजना गरेको प्रथम जिल्ला सम्मेलन तथा बृहत आमसभा सल्यानको खलंगामा भव्य रूपमा सम्पन्न भएको छ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरू, कार्यकर्ता, शुभेच्छुक, तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

बिज्ञापन

कार्यक्रम नेपाली कांग्रेस सल्यानका जिल्ला सभापति केशबहादुर विष्टको सभापतित्वमा सम्पन्न भएको थियो। उपसभापति चक्र देवकोटाले स्वागत मन्तव्य दिएपछि सुरु भएको सभालाई महामन्त्री गगन कुमार थापा, पूर्व मुख्यमन्त्री तथा संसदीय दलका नेता जीवन बहादुर शाही, केन्द्रीय सदस्य राधा घले, नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललित जंग शाही, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, कर्णाली प्रदेशका महामन्त्री निरञ्जन के.सी., सहमहामन्त्री एकराज डाँगी लगायतका नेताहरूले सम्बोधन गरेका थिए।

बिज्ञापन

सभामा विभिन्न जिल्लाका पार्टी सभापति, स्थानीय नेताहरू, जनप्रतिनिधिहरू, कार्यकर्ता, पत्रकार तथा सुरक्षाकर्मीहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने व्यक्तिहरूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरिएको थियो।

कार्यक्रमलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरू राधिका हमाल, सृजना खत्री लगायत स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए। साथै, नेपाली लोकसंस्कृतिको झल्को दिने पञ्चेबाजा, पैसेरी नाचजस्ता सांस्कृतिक प्रस्तुति पनि कार्यक्रमको विशेष आकर्षण बनेका थिए।

बिज्ञापन

नेपाली कांग्रेस सल्यानका सचिव प्रकाश भण्डारीले कार्यक्रमको सञ्चालन गरेका थिए। सम्मेलनले नेपाली कांग्रेसको संगठन सुदृढ गर्दै आगामी दिनमा पार्टीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
तस्बिरहरु

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु