सहकारी पिडितको पक्षमा उभिए माननिय दिपक गिरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद दीपक गिरीले सहकारी ठगी प्रकरणमा सरकारलाई कडा रुपमा प्रस्तुत हुन आग्रह गरेका छन्। झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारी ठगीबाट पीडित व्यक्तिहरूलाई तत्काल राहत दिनुपर्ने र ठगहरुविरुद्ध कठोर कारबाही गर्नुपर्ने बताएका छन्।

बिज्ञापन

सांसद गिरीले भने, सरकारले सहकारी ठगहरुविरुद्ध कडा कारबाही गर्नुका साथै पीडितहरूलाई राहत दिन प्राथमिकता दिनुपर्छ।

बिज्ञापन

सहकारी ठगी प्रकरणमा सरकारको सक्रियता आवश्यक रहेको उल्लेख गर्दै सांसद गिरीले पीडितहरूको न्याय सुनिश्चित गर्न सरकारले विशेष चासो देखाउनुपर्ने बताए।

त्यस्तै, उनले रवि लामिछानेले सहकारी रकम हिनामिना गरेको भनिएको विषयमा अदालतले यथाशीघ्र न्यायिक निरुपण गर्नेमा आफू विश्वस्त रहेको धारणा पनि राखे।

बिज्ञापन

सहकारी ठगीबाट देशभर हजारौं नागरिक प्रभावित भएका बेला सांसद गिरीको यो अभिव्यक्तिले सरकारलाई यस विषयमा गम्भीर बन्ने सन्देश दिएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु