सल्यान, बागचाैर नगरपालिका वडा नम्बर १२ मा आयोजित नेपाली काँग्रेसको १०० दिने अभियानअन्तर्गत भेटघाट र अन्तरक्रिया कार्यक्रममा माओबादीका ३ दर्जन कार्यकर्ताले नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।
बिज्ञापन
कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला कार्य समिति सभापती केस बाहादुर बिष्ट, विशेष अतिथिका रूपमा सह सचिव र नगर प्रमुख जनकराज गौतम लगायत अन्य नेताहरुको सहभागिता रहेको थियो।
बिज्ञापन
यस कार्यक्रममा ३६ जना माओवादी पार्टीका नेताहरू र कार्यकर्ताहरूले नेपाली काँग्रेसमा सदस्यता ग्रहण गरेका छन । उनीहरूले पार्टीको विचार र सिद्धान्तमा विश्वास राख्दै प्रजातन्त्र को संरक्षण र राष्ट्रको समृद्धिका लागि नेपाली काँग्रेसमा प्रवेश गरेको बताएका छन्।






