सांसद सुनिल शर्माले संस्थापन पक्षले शेखर कोइराला र उनको समूहलाई पेलिरहे ०८४ अघि कांग्रेस दुर्घटनामा जाने बताएका छन् ।
बिज्ञापन
‘उहाँहरूले यहीँ रवैया अपनाएर गए कांग्रेस पार्टीभित्र दुर्भाग्य हुन्छ । ०८४ अगाडी कांग्रेस दुर्घटनामा जान सक्छ‚’ उनले भने । उनले यसका विरुद्ध देशभर गएर कार्यक्रम गर्ने भन्दै पुस ५ गते धनगढीमा कार्यक्रम आयोजना गरिएको बताए ।
नेता शर्माले कोशी प्रदेशमा भएको भेला र प्रदेश सम्मेलन बहिस्कारको विषयमा जानकारी गराउँदै भने‚ ‘त्यहाँ एक किसिमले शेखर दाइलाई डोमिनेट गरेर निषेध गरेपछि हामीले सशक्त कुरा राख्यौँ । सभापतिज्यूले पछि कांग्रेस लोकतान्त्रिक दल हो विरोध गर्न बोल्न पाइन्छ भन्नुभयो ।’
बिज्ञापन
सभापति देउवाको तारिफ गर्दै उनले देउवामा आफूले बिपी कोइरालाको आत्मा जीवित रहेको अनुभूति गरेको पनि बताए ।
‘बिपी कोइरालासँग काम गरेको शेरबहादुर दाइ हो । बिपी कोइरालाको आत्मा कहीँ न कहीँ शेरबहादुर देउवामा छ‚’ उनले भने‚ ‘उहाँको वरिपरि कोही मान्छे छन् जो चुनाव पनि जितेकै छैनन् । उनीहरूले बिगारेका हुन् ।’






