सहकारी ठगी प्रकरणमा चितवन प्रहरीमा बयान सकिएपछि रवि लामिछानेलाई आज बिहानै पाेखरा लगिएकाे छ ।
बिज्ञापन
लाामिछानेलाई मंगलबार बिहान चितवन ल्याएर हिजाे बुधबार राति नाै बजेसम्म बयान लिइएकाे थियाे ।
बिज्ञापन
आज बिहानै उनलाई पाेखरा पठाइएकाे चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गाैतम मिश्रले जानकारी दिए । लामिछानेलाई कात्तिक दुईमा कास्की प्रहरीले पक्राउ गरेकाे थियाे ।
सहकारी प्रकरणमा बारेमा बयानका लागि लामिछानेलाई रूपन्देही र काठामाडाैं पनि लगिएकाे छ । यसै विषयमा अनुसन्धान गर्न पर्सा प्रहरीले पनि पक्राउ पुर्जी जारी गरिसकेकाे छ ।






