रवि लामिछानेलाई पोखरामा कालो झण्डा, कडा सुरक्षाका बीच ग्यालेक्सी ब्यांक्वेटमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखरामा जाँदा विरोध प्रदर्शन भएको छ । अरू बेलामा भव्य स्वागत हुने पोखरामा आज भने ठुलो समूहले कालो झण्डा देखाएका छन् । उनीहरु सहकारी पीडितहरू हुन् ।

बिज्ञापन

रवि पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुने आएका हुन् । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई पोखराको बिरौटामा सहकारीका बचतकर्ताले कालो झण्डा देखाएपछि प्रहरीले कडा सुरक्षा दिएको छ ।

बिज्ञापन

रास्वपा गण्डकी प्रदेशको विस्तारित बैठक बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटमा चलिरहेको छ ।

प्रदर्शनकारीले बैठकस्थलबाहिर सहकारी ठगलाई राजनीतिक संरक्षण मिलेको भन्दै नाराबाजी गरिरहेका छन् ।

बिज्ञापन

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित सहकारीका पूर्व र वर्तमान सञ्चालक तथा कर्मचारी गरी १९ जनालाई प्रतिवादी बनाएर प्रहरीले १ अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबीसहित २०८० असोज १८ मा कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

सहकारीकै लगानीमा गोर्खा मिडिया नेटवर्कले ग्यालेक्सी टेलिभिजन चलाएको थियो । रवि लामिछाने शेयर होल्डर तथा प्रबन्ध निर्देशक थिए । यसअघि रविलाई पोखरामा खोया प्रहार भएको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु