डीआईजी केसी जिम्मेवारीबाट हटाइए

गृह मन्त्रालयले नेपाल प्रहरीको विशेष ब्यूरोका प्रमुख डीआईजी मनोज केसीलाई जिम्मेवारीबाट हटाएको छ ।

बिज्ञापन

सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको दिन बुधबार नै गृहमन्त्री स्तरीय निर्णयबाट केसीलाई जिम्मेवारीबाट हटाइएको खुलेको हो । केसीको १६ जेठमा ब्यूरोमा सरुवा भएको थियो ।
रवि लामिछाने गृहमन्त्री हुँदा उनको निकट भएर काम गरेर केसीकेसीलाई विशेष ब्यूरोबाट नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाइएको छ । ब्यूरोमा प्रहरी प्रतिष्ठानका डीआईजी राजन अधिकारीलाई ल्याइएको छ ।

बिज्ञापन

गृह मन्त्रालयका एक अधिकारीले केसीलाई प्रहरी महानिरीक्षक ९आईजीपी० वसन्तबहादुर कुँवरकै सिफारिसमा हटाइएको दाबी गरे । ‘झा र प्रतीक थापालाई पक्राउ गर्दा संगठन प्रमुखलाई नै जानकारी दिइएको रहेनछ’, उनले दाबी गरे, ‘त्यो लगायतका कारण देखाएर प्रहरी प्रमुखबाटै सिफारिस आएपछि हटाइएको हो ।’

झा र थापा पक्राउ पर्दा आईजीपी कुँवर विदेश भ्रमणमा थिए, एआईजी दीपक थापा निमित्त प्रहरी प्रमुखको जिम्मेवारीमा थिए । झाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेलाई पनि जिम्मेवारीबाट हटाउने तयारी गृह प्रशासनले गरेको छ ।

बिज्ञापन

 

सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई पनि हटाउने तयारी गरेको छ । रवि लामिछानेले गृहमन्त्री हुँदा ज्ञवालीलाई सीआईबी नेतृत्वमा ल्याएका थिए ।

प्रहरी प्रमुख कुवँरलाई बाईपास गरेर तत्कालिन गृहमन्त्री लामिछानेले ज्ञवाली र केसीकै सहयोगमा प्रहरी संगठन चलाएको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु